‘परमाणु कार्यक्रमबारे वार्ता गर्न सकिन्न’


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमबारे वार्ता गर्न नसकिने त्यहाँकी एकजना कूटनीतिज्ञले बताएकी छन्।

च्वे सन-हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न देशका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताइन्।

उनले भनिन्, “कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति यो एकमात्र विकल्प हो।”

यसअघि सीआइएका निर्देशक माइक पोम्पेओले अमेरिकामाथि परमाणविक क्षेप्यास्त्र प्रहार गर्न उत्तर कोरिया केही महिनाभित्रै सक्षम हुनसक्ने बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

पहुँच

उत्तर कोरियाले यसअघि नै अमेरिकाको जुनसुकै स्थान आफ्नो क्षेप्यास्त्रको पहुँचमा रहेको बताइसकेको छ।

वाशिङटनले कूटनीति र प्रतिबन्धलाई पहिलो प्राथमिकता दिएको भन्दै पोम्पेओले अमेरिकाका लागि बल प्रयोग विकल्पको रुपमा रहेको बताए।

परमाणु

मस्कोमा परमाणु अप्रसारसम्बन्धी एउटा सम्मेलनमा बोल्दै च्वेले यसअघि उत्तर कोरियाली अधिकारीहरुले भन्दै आएको अभिव्यक्ति उल्लेख गरिन्, “परमाणु अस्त्र उत्तर कोरियाका लागि जीवन र मृत्युको विषय” हो।

यसै वर्षको शुरुतिर च्वेले अमेरिकी शर्तहरु सही भएको खण्डमा वार्ताका लागि उत्तर कोरिया तयार रहने बताएकी थिइन्।

कार्यान्वयन

तर शुक्रवार उनले आफ्नो देशले ‘संयुक्त राष्ट्रसंघको तथाकथित प्रतिबन्ध’को कार्यान्वयन र उक्साहटपूर्ण कार्य तथा युद्धका कुरा हेर्ने बताइन्।

यसै वर्षको शुरुदेखि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणमा तीव्रता दिएपछि प्योङयाङविरुद्धको आर्थिक प्रतिबन्ध पनि बढाइंदै लगिएको छ।

यसअघि शुक्रवार अष्ट्रेलियाली सरकारले अमेरिकादेखि टाढा बस्न भन्दै उत्तर कोरियाले पत्र पठाएको बताएको थियो।

सुरक्षा परिषद् र अमेरिका लगायतका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com