नेपालमा खुल्यो अन्तर्राष्ट्रिय ल फर्म, अमेरिका र अष्ट्रेलियाको अध्यागमन कानुनबारे परामर्श


प्रकाशित मिति : कार्तिक २, २०७४ बिहीबार

तस्विर : बिक्रम खत्री

अमेरिकाका चर्चित कानुन व्यवसायी तथा सुपर लयर खगेन्द्र जीसी, नेपालका बरिष्ठ कानुन व्यवसायी प्रभाकर अधिकारी र अष्ट्रेलियाका चर्चित कानुन व्यवसायी सुरेन्द्रमान श्रेष्ठले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको कानुनी कार्यालय स्थापना गरेका छन् ।

बुधबार काठमाडौंको दरवारमार्गमा रहेको रोयल सिंघी होटलमा आयोजित कार्यक्रममा इन्टरनेशनल लयर्स एण्ड कन्सल्टेन्ट प्रालिको उद्घाटन गरिएको हो ।

बरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले बोर्ड अनावरण गरेर र एनआरएनका नवनिवार्चित अध्यक्ष भवन भट्टले रिबन काटेर कानुनी कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधिस गोपाल पराजुली, सर्बोच्च अदालतका अन्य न्यायाधिसहरु, महान्यायाधिवक्ता वशन्तराम भण्डारी, बरिष्ठ कानुन व्यवसायीहरु, एनआरएनका नवनिर्वाचित उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु, बार एसोसिएसनका पदाधिकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com