सिरियाको रक्का शहर आइएस नियन्त्रण मुक्त


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

रक्का

संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त सिरियाली कुर्द र अरब लडाकुहरुले इस्लामिक स्टेटले कुनै बेला आफ्नो राजधानी भन्ने गरेको सिरियाको रक्का शहर पूर्णतया आफ्नो नियन्त्रणमा आएको बताएका छन्।

सिरियाली सैन्यका प्रवक्ता तलाल सेलोले भनेका छन् पांच महिनासम्म चलेको आक्रामक कार्वाहीपछि अब त्यहां लडाईं अन्त्य भएको छ।

हाल त्यहां लुकेर रहेका हुनसक्ने केही जिहादी तत्वहरुको खोजी र जमिनमा लुकाइएका विस्फोटकहरु हटाउने कार्य भैरहेको बताइएको छ।

चर्को भिडन्तपछि रक्का शहरको रंगशालामा कुर्द मिलिसियाको झण्डा फहराइएको र त्यहां खुशीयाली मनाइएको दृश्यहरु देखिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सिरियन डिमोक्रेटि फोर्सेज्’ भनिने सैन्यले मंगलबार केही समयअघि रक्कामा आइएसको अन्तिम दुईवटा ठेगानालाई कब्जामा लिएको थियो- रक्काको रंगशाला र राष्ट्रिय अस्पताल।

खुशीयाली

सो रंगशाला र सडकहरुमा नाराबाजी गर्दै खुशायाली मनाइएको रोएटर्स समाचार एजेन्सीले जनाएको छ।

रंगशालामा दर्जनौं विदेशी उग्रवादी लडाकुहरुले अन्तिम लडाईं लडेका र अस्पताल कब्जामा लिन भएको भिडन्तमा २२ जना मारिएको बताइएको छ।

आइतबार सिरियाली जिहादीहरु र तिनका परिवारहरुलाई जनजाति नेताहरुको मध्यस्थतामा भएको सहमति अन्तर्गत अन्यत्र जान दिइएपछि त्यस क्षेत्रमा लगभग ३०० जना उग्रवादीहरु लडाईंमा संलग्न रहेका ठानिएको थियो।

आइएसले सन् २०१४ मा रक्का शहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो र त्यसलाई आफ्नो राज्य अर्थात क्यालिफेटको मूख्यालय बनाएको थियो।

सो शहरलाई उक्त समूहले पूरै परिवर्तन गरिदिएको थियो र त्यहां चरम रुपमा व्याख्या गरिएको इस्लामी कानुनी व्यवस्था लागु गरिएको थियो।

रक्का रंगशाला

यातना

आइएस शासनको विरोध गर्नेहरुको टाउको काट्ने, तिनीहरुलाई क्रुसमा झुण्डाउने र यातना दिने जस्ता कार्यहरु त्यहां हुने गर्थे।

संगसंगै रक्का संसारभरीबाट आएका हजारौं जिहादीहरुको घर पनि बनेको थियो।

तिनीहरु आइएस नेता अबु बकर अल-बग्दादीको आह्वान सुनेर त्यहां आएका थिए।

रक्कामा नियन्त्रण कायम गर्न अमेरिकी नेतृत्वको गठबन्धनको हवाई हमलाको समर्थनमा झण्डै १५ हजार एसडीएफ लडाकुहरुले गत नोभेम्बर महिनादेखि आक्रामक कार्वाही थालेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com