एक वर्षमा नेपाल भित्रिए एक लाख १२ हजारबढी अमेरिकी पर्यटक : हिमाल, संस्कृति र शान्तिमा आकर्षण


प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । तस्वीर : कृष्ण न्यौपाने/रासस

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

नेपाल भित्रिने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय रहेका छन् । बोर्डका अनुसार एक वर्षमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै दोस्रोमा अमेरिका रहेको छ । सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटकलाई नेपालले स्वागत गरेको छ भने तेस्रोमा रहेको चीनबाट ५८ हजार ६८४ पर्यटक नेपाल उत्रिएका हुन् । 

बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा बेलायतबाट ५७ हजार ५४५, बङ्गलादेशबाट ४९ हजार ३५७, अस्ट्रेलियाबाट ३७ हजार ५५० र श्रीलङ्काबाट ३० हजार २४३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, थाइल्यान्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका छन् । 

सन् २०२५ को डिसेम्बरमा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५ नेपाल भित्रिए । यस्तै, बङ्गलादेशबाट चार हजार ९८०, अस्ट्रेलियाबाट चार हजार ४१९, थाइल्यान्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका थिए । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन बोर्डका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को तुलनामा गत वर्ष विदेशी पर्यटक आगमन ० दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो । यस्तै, सन् २०१९ (कोरोना महामारीअघि) को तुलनामा यो सङ्ख्या  ९६ दशमलव ८ प्रतिशत रिकभरी रहेको बोर्डले जनाएको छ । 

प्राकृतिक विपत्ति, जेन्जी आन्दोलनलगायतका बाबजुद पनि सन् २०२५ मा  नेपाल भित्रिने पर्यटक सङ्ख्या उत्साहजनक देखिएको बोर्डले जनाएको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com