तिहारलाई स्वागत गर्दै मखमली र सयपत्री


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ।


५ दिनसम्म मनाइने तिहारको यमपञ्चक आइपुग्दा गाउँघर सयपत्री र मखमली फूलले ढकमक्क छन्। तिहारमा फूलको निकै महत्व छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजामा फूलको प्रयोग हुन्छ नै अझ भाइ टीकामा त फूलको माला नभइ हुँदैन।

त्यसैले अहिले व्यवसायिकरुपमा फूल खेती गर्ने कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com