अमेरिकी भिसा नपाएपछि तनावमा रहेकी ३८ वर्षीया भारतीय चिकित्सकले लिइन् आफ्नो ज्यान


प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी एक महिला चिकित्सक हैदरावादस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएकी छिन् । लामो समयदेखि अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया रोहिणी मानसिक तनावमा रहेको बुझिएको प्रहरीले जनाएको छ । 

गत शनिबार रोहिणीले ढोका नखोलेपछि घरेलु सहयोगीले उनको परिवारलाई खबर गरेकी थिइन् । ढोका नखुलेपछि उनका परिवारका सदस्यहरू तोडफोड गरेर भित्र पसेका थिए । 

पोस्टमार्टम पछि शव परिवारका सदस्यहरूलाई बुझाइएको छ। घरबाट एक नोट फेला परेको प्रहरीले बताएको छ, जसमा उनी भोगिरहेको मानसिक तनाव र भिसा अस्वीकार गरिएको विषय उल्लेख भएको जनाइएको छ।

उनकी आमा लक्ष्मीका अनुसार छोरी रोहिणी अमेरिकामा रोजगारीका लागि जान पर्खिरहेकी थिइन् । तर, भिसा नआएपछि निकै निराश बनेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोहिणी हैदरावादको पद्म राव नगरमा बस्दै आएकी थिइन् । उनी इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राखेकी थिइन् । आमा लक्ष्मीका अनुसार रोहिणी मेधावी विद्यार्थी थिइन् । उनले सन् २००५ देखि २०१० सम्म किर्गिस्तानमा एमबीबीएस अध्ययन पूरा गरेकी थिइन्।

उनकी आमाले भारतमै बसेर चिकित्सा सेवा गर्न सुझाव दिए पनि रोहिणीले अमेरिकामा रोजगारीको सम्भावना, काम र भुक्तानीका कारण विदेश जाने चाहना व्यक्त गर्ने गरेकी थिइन्। चिलकलगुडा प्रहरीले यसबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com