अमेरिकी भिसा नपाएपछि तनावमा रहेकी ३८ वर्षीया भारतीय चिकित्सकले लिइन् आफ्नो ज्यान


प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी एक महिला चिकित्सक हैदरावादस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएकी छिन् । लामो समयदेखि अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया रोहिणी मानसिक तनावमा रहेको बुझिएको प्रहरीले जनाएको छ । 

गत शनिबार रोहिणीले ढोका नखोलेपछि घरेलु सहयोगीले उनको परिवारलाई खबर गरेकी थिइन् । ढोका नखुलेपछि उनका परिवारका सदस्यहरू तोडफोड गरेर भित्र पसेका थिए । 

पोस्टमार्टम पछि शव परिवारका सदस्यहरूलाई बुझाइएको छ। घरबाट एक नोट फेला परेको प्रहरीले बताएको छ, जसमा उनी भोगिरहेको मानसिक तनाव र भिसा अस्वीकार गरिएको विषय उल्लेख भएको जनाइएको छ।

उनकी आमा लक्ष्मीका अनुसार छोरी रोहिणी अमेरिकामा रोजगारीका लागि जान पर्खिरहेकी थिइन् । तर, भिसा नआएपछि निकै निराश बनेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोहिणी हैदरावादको पद्म राव नगरमा बस्दै आएकी थिइन् । उनी इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राखेकी थिइन् । आमा लक्ष्मीका अनुसार रोहिणी मेधावी विद्यार्थी थिइन् । उनले सन् २००५ देखि २०१० सम्म किर्गिस्तानमा एमबीबीएस अध्ययन पूरा गरेकी थिइन्।

उनकी आमाले भारतमै बसेर चिकित्सा सेवा गर्न सुझाव दिए पनि रोहिणीले अमेरिकामा रोजगारीको सम्भावना, काम र भुक्तानीका कारण विदेश जाने चाहना व्यक्त गर्ने गरेकी थिइन्। चिलकलगुडा प्रहरीले यसबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com