कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता (सहमति पत्रसहित)


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

३० असोज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।

एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध जजसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’

पढ्नुस् सहमति पत्र 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com