अस्ट्रियाका नयाँ चान्सलर ३१ वर्षे युवक , संसारकै कम उमेरका राष्ट्रप्रमुख


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक सेबास्टिएन कुर्ज चान्सलर निर्वाचित भएका छन् । पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् ।

उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ ।

‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ,’ नवनिर्वाचित चान्सलर कुर्जले भने, ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

यसअघि उनले सन् २०१३ मा अस्ट्रियाको सबैभन्दा कम उमेरको विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यसबेला उनी २७ वर्षका मात्र थिए । मे २०१७ मा उनलाई पिपुल्स पार्टीको नेतृत्व हात पर्‍यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको राजनीतिक जीवन सोही पार्टीको युवा संगठनबाट भएको थियो । राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनुअघि उनले युवा संगठनको नेतृत्व गरिसकेका थिए ।

अस्टि्रयाको राजनीतिमा उनलाई ‘उन्डरउज्जी’ पनि भन्ने गरिएको छ । त्यसको अर्थ हुन्छ, पानीमा पनि हिँड्न सक्ने मानिस । उनको तुलना फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग गरिने गरेको छ ।

यद्यपि, उनको पार्टी बहुमत ल्याउने अवसरबाट वञ्चित भएको छ । र, विपक्षी फ्रिडम पार्टीको सहारा लिएर सरकार गठन गर्नुपर्ने बाध्यतामा देखिन्छन्, कुर्ज ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com