अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्यूरोको निर्देशकमा लेभेनबाख


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकी प्रशासनले उपभोक्ता वित्तीय संरक्षण ब्यूरो (सिएफपीबी)को निर्देशकका रूपमा स्टुअर्ट लेभेनबाखलाई पाँच वर्षे कार्यकालका लागि मनोनयन गरेको छ। यो मनोनयन सिनेटमा औपचारिक रूपमा दर्ता गरिएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी)का निर्देशक रस्सेल भाउटले अघिल्लो वर्षदेखि नै ब्यूरोलाई खारेज गर्नुपर्ने माग गर्दै आएका छन्। भाउट नै अहिले कार्यवाहक निर्देशकको भूमिकामा छन्, जसका कारण लेभेनबाखको मनोनयनले राजनीतिक चिन्ता थपिएको विश्लेषण गरिएको छ ।

डेमोक्र्याट सिनेटर एलिजाबेथ वारेन, जो ब्यूरो गठनकी प्रमुख अभियन्ता मानिन्छिन् । उनले लेभेनबाखको मनोनयनले “एजेन्सीलाई अवैध रूपमा बन्द गराउने दीर्घकालीन योजना” संकेत गरेको आरोप लगाइन् । उनले ट्रम्प प्रशासनले उपभोक्ताको हित सुरक्षित गर्नेभन्दा ठूलो निगमहरूको फाइदाका लागि बाटो खोलिरहेको आरोप लगाइन् ।

उता, ब्यूरोका कर्मचारीहरू भने प्रशासनले अधिकांश स्टाफ हटाउने योजनाबारे चलिरहेको कानुनी विवादका कारण भविष्यबारे अनिश्चितता झेलिरहेका छन्। ब्यूरोलाई वार्षिक रूपमा कांग्रेसबाट नभई प्रत्यक्ष अमेरिकी फेडरल रिजर्भबाट बजेट प्राप्त हुने भएकाले संस्थाको संरचना र भविष्यबारे थप बहस बढेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लेभेनबाख यसअघि ओएमबीमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी राष्ट्रिय समुद्र तथा वायुमण्डलीय प्रशासनका पूर्व सहायक प्रमुख पनि हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com