मुक्तिनाथमा बन्ने ३५ फिट अग्लो विष्णु मूर्तिको ४०% काम सम्पन्न


प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । मूर्ति निर्माणको काम चालीस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने छ ।

यो परियोजना तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ मा उद्घाटन गरेकी थिइन् । मूर्ति निर्माणका लागि शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । अर्को वर्षसम्म मूर्ति निर्माणको काम सम्पन्न हुनेछ । यो मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बीचमा रहनेछ । दुवै मूर्तिबीचको दूरी करिब दुई सय फिट छ । समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको यो स्थानबाट चारैतिर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

सोनाम लामा र शेष घलेले यो परियोजनाको नेतृत्व गरिरहेका छन् । लामाले यसअघि नै मुक्तिनाथमा करिब ६ करोड रुपैयाँको लगानीमा बुद्ध मूर्ति स्थापना गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा थलो मुक्तिनाथको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गर्न विष्णु मूर्ति निर्माणको पहल गरेका हौँ,’ लामाले भने । विष्णु मूर्ति निर्माणका लागि आवश्यक ढुंगा चोभारबाट ल्याइएको छ । यसअघि स्थापना भएको बुद्ध मूर्तिमा पनि चोभारकै ढुंगा प्रयोग गरिएको थियो । मूर्ति निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २० जनाभन्दा बढी कालिगड संलग्न छन् । ३५ फिट अग्लो यो मूर्ति निर्माण सम्पन्न भएपछि मुक्तिनाथको धार्मिक र पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।

मूर्ति स्थापनाका लागि मुक्तिनाथ विकास समितिले पनि सहयोग गरिरहेको लामाले बताए । मूर्ति स्थापनाका लागि गाउँपालिकाले समेत वडा अध्यक्ष र स्थानीयहरूसँग छलफल गरिरहेको लामाले सुनाए । समग्र परियोजना सम्पन्न गर्न करिब ९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मुक्तिनाथ विकास गुरु योजनाअन्तर्गत परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले यो परियोजना अगाडि बढाइएको हो । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथमा विश्वभरका पर्यटक र तीर्थयात्रीहरू आउने गर्छन् ।

विष्णु मूर्तिको स्थापनाले मुक्तिनाथको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको घलेको भनाइ छ । यो परियोजनाले मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउने घले दम्पतीको विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com