हिंसा, आगजनी र प्राकृतिक विपत्तिले नेपालको पर्यटन क्षेत्रमा चुनौती; ४०% सम्म घट्ने अनुमान


प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न आएका विदेशी पर्यटक ।

नेपालमा प्रदर्शन, हिंशा र आगजनीको एक महिना पूरा भएको छ। यो अवधिमा राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। सेप्टेम्बर, अक्टोबर र नोबेम्बर नेपालको प्रमुख पर्यटकीय सिजन हो, जुन साहसिक पर्यटन र पदयात्राका लागि प्रख्यात छ। तर, भदौ २३ र २४ मा भएको प्रदर्शन, हिंशा र आगजनीका साथै मौसममा आएको अकस्मात् परिवर्तनले पर्यटक आगमनमा कमी आएको सरोकारवालाहरूले बताएका छन्।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का विष्णुप्रसाद लम्सालका अनुसार  हिंसा, आगजनी र प्राकृतिक विपत्तिका कारण यो सिजनमा पर्यटक आगमन ४०% ले घट्ने अनुमान छ। सेप्टेम्बरमा अधिकांश पर्यटकले नेपाल भ्रमण रद्द गरेका छन्।

“अन्तिम समयमा भ्रमण रद्द हुनु ठूलो क्षति हो,” लम्सालले भने। अक्टोबरका लागि केही बुकिङ भए पनि आन्दोलन र जेलब्रेकका घटनाले पर्यटकमा डर पैदा भएको छ। विशेषगरी जापान, सिंगापुर, अमेरिका र अस्ट्रेलियाबाट आउने पर्यटकले भ्रमण रद्द गरेको उनले बताए। काठमाडौंकेन्द्रित आन्दोलन र ट्राभल इन्स्योरेन्स कम्पनीहरूले काठमाडौंमा हुने क्षतिको बीमा भुक्तानी नगर्ने नीतिका कारण पनि यस्तो अवस्था आएको हो।

होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार प्रदर्शन, हिंशा र आगजनीका कारण एक महिनाका सबै बुकिङ रद्द भएका छन्। “यसले होटल क्षेत्रमा ठूलो असर परेको छ,” शाहले भने। यद्यपि, यो अवधिमा पनि २०,००० भन्दा बढी पर्यटक नेपालमा छन्। नेपाली दूतावासहरूले विकसित घटनाक्रमलाई मध्यनजर गर्दै पर्यटकहरूलाई नेपाल भ्रमणका लागि आह्वान गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होटलहरूले पर्यटक आकर्षित गर्न विभिन्न सुविधा र छुटको व्यवस्था गरेको शाहले बताए। “होटलमा आगलागी र तोडफोडका घटनाले हामीलाई सतर्क बनाएको छ। हामीले सुरक्षा र सेवामा पूर्ण ध्यान दिएका छौं,” उनले थपे। सामाजिक सञ्जालमार्फत नेपालमा रहेका पर्यटकले दिने सकारात्मक सन्देशले पर्यटन क्षेत्रलाई सहयोग पुग्ने उनको विश्वास छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को सेप्टेम्बरमा ७८,७११ पर्यटक नेपाल भ्रमणमा आए, जुन सन् २०२४ को तुलनामा १८.३% कम हो। यो सिजन नेपालको प्रमुख पर्यटकीय समय हो। बोर्डका अनुसार यो महिना १५,५५६ भारतीय पर्यटक आए, जुन गत वर्षको तुलनामा ३२.३% ले कम हो।

यस्तै, अमेरिकाबाट ९,६७९, अस्ट्रेलियाबाट ६,८२४, चीनबाट ५,२३७ र बेलायतबाट ४,९८१ पर्यटक आएका छन्। दुई दिनको प्रदर्शन, हिंशा र आगजनीका साथै मौसममा आएको परिवर्तन यसका प्रमुख कारण हुन्।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुदन सुवेदीले  हिंशा र आगजनीले नेपालको अन्तर्राष्ट्रिय छविमा धक्का लागेको बताए। तेस्माथि प्राकृतिक विपत्तिका कारण झन् चुनौती थपेको छ “हामीले नेपालमा रहेका पर्यटकहरूलाई आफ्ना अनुभव साझा गर्न प्रोत्साहन गरिरहेका छौं। उनीहरूले सामाजिक सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नेछन्,” उनले भने। बोर्डले स्थानीय तह र प्रहरीसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति दिने प्रयास गरेको छ।

नेपालको पर्यटन क्षेत्रको बलियो पक्ष भनेको यहाँको इतिहासमा कुनै पनि राजनीतिक घटनाक्रममा पर्यटकमाथि आक्रमण नभएको रेकर्ड हो। यसले पर्यटन क्षेत्रले चाँडै लय समात्ने विश्वास गर्न सकिन्छ। सरोकारवालाहरूले सुरक्षा, सुविधा र सकारात्मक सन्देशमार्फत पर्यटकको विश्वास फर्काउने प्रयास गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com