अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दी लगाउने


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

राष्ट्रपति ट्रम्प
राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए।

उनले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए।

उनले इरानले कहिल्यैपनि आणविक अस्त्र क्षमता हासिल गर्न नसकोस् भनेर आफुले सुनिश्चित गर्ने पनि बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुमोदन

शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उनको प्रशासनले सो सम्झौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्नेबारे अमेरिकी कँग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसँग छलफल गरिने पनि बताए।

उनले दुई वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृ्त्व गरेको प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको पनि कडा आलोचना गरे।

इरान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिंगटनले बन्द गरिदिने पनि बताए।

उनले इरानमाथि आतंकवादलाई बढवा दिएको आरोप पनि लगाए।

राष्ट्रपति ट्रम्पले इरानले उक्त सम्झौताको पालना गरिरहेको छ भनेर अमेरिकी कंग्रेसमा प्रमाणीकरण नगर्ने पनि बताए।

दबाब

प्रतिबन्धहरु आंशिक रुपमा हटाइएको बदलामा आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न इरानले सहमति जनाएको उक्त परमाणु सहमतिलाई रद्द नगर्न राष्ट्रपति ट्रम्पमाथि स्वदेश र अन्तर्राष्ट्रिय स्तरबाट पनि दबाब परिरहेको छ।

गत वर्षको राष्ट्रपतीय निर्वाचन प्रचारका बेला उनले आफ्ना पूर्ववर्ती बाराक ओबामाका बेला इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

राष्ट्रपति ट्म्पले अमेरिकाले सम्झौताको पालना गरेको तर इरानले सो सम्झौताको उल्लंघन गरेको आरोप पनि लगाए।

तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले इरानले सन् २०१५ मा गरिएको सम्झौताको पूर्ण पालना गरिरहेको जनाएका छन्।

बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिका अझै सो सम्झौताबाट औपचारिकरुपमा बाहिरिइसकेको छैन, तर दुई मुलुकहरुबीच शत्रुता अरु बढ्ने देखिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com