गृहमन्त्री भन्छन्- पेस्तोलसहित तीनजना पक्राउ परे


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

२३ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिनेे बताए । गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाटै पेस्तोलसहित तीनजना पक्राउ गरेको जानकारी आफूले पाएको मन्त्री शर्माले अनलाइनखबरलाई बताए ।

उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गरे ।

मन्त्री शर्मा गौचनको हत्याको खबर पाएपछि घटनास्थल जान भनेर गृहमन्त्रालयबाट हिँडेका थिए । तर, सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै बीचबाटोबाटै फर्काएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बानेश्वर क्षेत्रमा मृतकका आफन्त र निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दैगृहमन्त्री शर्माविरुद्ध नाराबाजी गरेका छन् ।

मन्त्री शर्मा गृहमन्त्रालय फर्किएर प्रहरी अधिकारीहरुको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जानकारी गराएका थिए । मन्त्री शर्माले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह समेत गरेका छन् ।

घटनालगत्तै प्रहरी महानिरीक्षकबाट ब्रिफिङ लिएका मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘घटना अत्यन्त दुःखद छ । योजनावद्ध तरिकाले हत्या भएको छ । छिटोभन्दा छिटो अपराधीहरु सार्वजनिक हुन्छन् । मैले प्रहरीलाई त्यसैअनुसार परिचालन गरेको छु र आवश्यक निर्देशन दिएको छु ।’

मन्त्री शर्माले घटनालगत्तै गृहमन्त्रालयमा प्रहरी अधिकारीहरुको आकस्मिक बैठक समेत बोलाएका छन् ।

‘स्वर्गीय गौचनप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन र निर्माण व्यवसायीप्रति मेरो समवेदना छ,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘हत्यामा संलग्नहरु उम्किन पाउँदैनन् । म सबैलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com