सार्वजनिक स्थलमा बस्नेहरुमाथि अमेरिकाको सन फ्रान्सिस्कोले कडाइ गर्ने


प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार

अमेरिकाको सन फ्रान्सिस्कोले अब सार्वजनिक स्थलमा (आरभी) अर्थात रेक्रिएशनल भेहिकल मा बस्नेहरूलाई कडाइ गर्ने तयारी गरेको छ ।

मेयर ड्यानियल लुरी को अगुवाइमा सहरले नयाँ दुई घण्टा पार्किङ सीमा तोक्ने नीति ल्याउन लागेको हो । सडक सफा राख्न र फोहोर जम्मा हुन नदिने उद्देश्य यो नीति ल्याउन लागिएको बताइएको छ ।

यो नियम सन फ्रान्सिस्को सहर परिषदले अन्तिम स्वीकृतिका लागि मंगलबार मतदान गर्दैछ । सहरमा रहेका कम्तीमा ४०० (आरभी) लाई लक्ष्य गरिएको छ । हाल घर नभएका वा आवास खर्च धान्न नसक्ने व्यक्तिहरूले बासको रूपमा (आरभी)लाई प्रयोग गरेका छन् ।

मेयरका सल्लाहकार कुनाल मोदी भन्छन्, “हामी ती परिवारलाई सेवा दिन चाहन्छौं, तर दीर्घकालीन समाधान भनेको सडकमा होइन, घरभित्र हुनुपर्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोइलेसन अफ होमलेसनेस निर्देशक जेनिफर फ्राइडेनबाखले सहरले वाचा गरेअनुसारको सहायक कार्यक्रम को विवरण अझै स्पष्ट नपारेको बताएका छन ।

उनको भनाइमा, “धेरैजसोले आफ्नो आरभी गुमाउनेछन् । केहीलाई अस्थायी आवास मिल्नेछ । तर त्यो पनि सडकमा सुतिरहेका अन्य आवश्यकतालाई काटेर मात्र सम्भव हुनेछ।” २२ फिटभन्दा लामो वा ७ फिटभन्दा अग्लो आरभी वा ठूला सवारीका लागि सहरभर दुई घण्टाको पार्किङ सीमा तोकिएको छ ।

मे २०२५ भन्दा पहिलादेखि (आरभी) मा बसिरहेका व्यक्तिहरूलाई मात्र छ महिनाको विशेष अनुमति दिइने छ ।

आरभी त्याग्न तयार हुनेलाई प्रति फिट १७५ अमेरिकी डलर भुक्तानी गरी खरिद गर्ने व्यवस्था गरिने छ भने मेपछि आएका आरभी बासिन्दा भने नयाँ नियमअनुसार बस्न पाउने छैनन् । सन फ्रान्सिस्को जस्ता शहरहरूमा जीवनयापन महँगो भएकाले हजारौंले सवारी साधनमै बसोबास गर्न थालेका छन् ।

सन फ्रान्सिस्कोले यसअघि खोलिएको एक मात्र सुरक्षित आरभी पार्किङ स्थल पनि एप्रिल २०२५ मा बन्द गरेको थियो । सन फ्रान्सिस्कोको योजना सडक सफा गर्ने प्रयास भए तापनि, घोषणाभन्दा धेरै कठिन चुनौती बोकेको छ ।

पर्याप्त विकल्प नभएको बेला मानिसलाई उनीहरूको एक मात्र बास गुमाउन लगाउनु समाधान कम, समस्या बढी बन्न सक्ने आलोचकहरूले चिन्ता व्यक्त गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com