बढ्न थाल्यो पर्यटकिय चहपहल
प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन्। कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन्।
सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन्। यो मौसममा हिमाल र प्राकृतिक सौन्दर्यको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ।
यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन्। दशैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने गरेको पाइन्छ ।
नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन्। आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान पनि गरिएको छ।
पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो। दशैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन्। त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ।
काठमाडौँ को ठमेलमा देखियको बिदेशी पर्यटकहरु को केहि कृयाकलाप तस्बिरमा समाबेस गरियको हो ,