डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब !


प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

२२ असोज,काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि पत्र गृह सचिवले बुझ्न नमानेको आरोप लागेको छ ।

भदौ २८ मा सिलवालले दिएको राजीनामा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सनाखत गरी स्वीकृतिका लागि असोज १ गते गृहमन्त्रालयका पठाएका थिए ।

सर्वोच्च अदालतबाट आईजीपी बन्न पाउँ भनी उनले दिएको रिट खारेज भएपछि सिलवालले पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृति गर्नु मनासिव हुने व्यहोराको पत्रमा आईजीपी अर्याल आफैंले हस्ताक्षर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, गृह सचिव लोक दर्शन रेग्मीले नियतवशः राजीनामा स्वीकृती रोकेको आरोप सिलवालले लगाएका छन् । सिलवाल एमालेमा प्रवेश गरिसकेका छन् । राजीनामा स्वीकृत नभई राजनीतिमा लागेको भनेर दुःख दिने नियोजित उद्देश्यबाट प्रधान कार्यालयको पत्र गायव पारिएको आरोप सिलवाल पक्षले लगाएको छ ।

आईजीपी अर्यालले राजीनामा स्वीकृतार्थ पठाइएको पत्रमा भनिएको छ-‘सिलवालले आफ्नो घरायसी समस्या दर्शाई नोकरी राजीनामा स्वीकृत गरी पाउँ भनी पेश गरेको नोकरी राजीनामा कागजको व्यहोरा मनासिवै ठहराई नोकरी राजीनामा स्वीकृतार्थ आएकाले निज नायव प्रहरी महानिरीक्षकको नोकरी राजीनामा स्वीकृत गरिदिनु हुन प्राप्त नोकरी राजीनामा तथा सनाखत कागज र तीन पुस्ते अभिलेख यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’

सिलवालको राजीनामा स्वीकृतिका लागि पठाइएको पत्र मन्त्रालयमा दर्ता भइसकेको छ । तर, सचिव रेग्मीले सो पत्रको व्यहोरो नमिलेको भन्दै फीर्ता पठाएको स्रोतले जनाएको छ । यद्यपी रेग्मीले भने राजीनामा स्वीकृतिको पत्र आफूले नपाएको दावी गरेका छन् ।

नियतवश आफूलाई फसाउने मनसाय सचिवले राखेपछि सिलवाल एमाले शीर्ष नेतृत्वसँग सल्लाह गरेरै तत्काल एमाले प्रवेश गरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री जनार्दन शर्माले सिलवालको राजीनामा स्वीकृतिको पत्रबारे सचिव रेग्मीलाई पटक पटक सोधेको शर्मा निकट स्रोतले जनाएको छ ।

गृहमन्त्री शर्मा र राज्यमन्त्री श्यामकुमार श्रेष्ठले डीआईजी सिलवालको राजनीतिक यात्रा सहज गराउन उनको राजीनामा स्वीकृति गरिदिने मनस्थिति बनाएरै सचिवलाई ताकेता गरेको स्रोतको भनाइ छ । तर, सचिवले पत्रनै नआएको भनेपछि उनको नियतमा शंका लागेको मन्त्री निकट स्रोतले जनायो ।

यसैबीच प्रहरी प्रबक्ता मनोज नेउपानेले डीअार्इजी सिलवालको राजीनामा स्वीकृत भएर अाइनसकेको बताएका छन् ।

प्रधानमन्त्रीको सिग्नल

सिलवाललाई आईजीपी निय्क्ति प्रकरणमा कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको आरोपमा कारवाही गर्ने चाहना प्रधानमन्त्री शेरवहादुर देउवा र तत्कालिन महान्यायाधिवक्ता रमण श्रेष्ठको थियो ।

जसमा सचिव रेग्मी पनि थिए । तर गृहमन्त्री जनार्दन शर्मा सहमत नभएपछि सिलवाललाई कारवाही गर्ने प्रयास सफल हुन सकेको छैन ।

त्यसैले राजीनामा स्वीकृतिका लागि आईजीपीले पठाएको पत्र गायब पारेर सिलवालको टाउकोमाथि तरबार झुण्डाराख्न खोजिएको आरोप रेग्मीमाथि लागेको छ । ‘यो बुझेरै सिलवाल तत्काल एमाले प्रवेश गरेका हुन्’ स्रोतले भन्यो ‘उनी एक्लो हुँदा झनै खेदिने भएकाले बलियो छहारी खोजेका हुन्’ ।

नियतवशः सिलवालको राजीनामा सचिव रेग्मीले रोकेपछि एमाले शीर्ष नेतालेनै रेग्मीलाई यसबारे सोधपुछ गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको दबाबमा रहेको रेग्मीको भनाइपछि सिलवाललाई तत्काल पार्टी प्रवेश गराइएको एमालेका एक नेताले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com