परिवार भेट्न पुगेका अमेरिकी नागरिक गाजामा मारिए


प्रकाशित मिति : असार २८, २०८२ शनिबार

इजरायली बस्तीकर्मीहरू (पश्चिमी किनारा वा गाजामा बसोबास गर्ने इजरायली बस्तीहरूका बासिन्दा) द्वारा अमेरिकी नागरिकको हत्या भएको छ ।

सिनजिल गाउँमा भएको भिडन्तका क्रममा उनको हत्या भएको स्थानीय अधिकारीहरूको दाबी रहेको छ ।

पश्चिमी किनारामा रहेको सिनजिल गाउँमा इजरायली बस्तीकर्मी र प्यालेस्टिनीबीच भिडन्त भएको थियो । त्यही क्रममा अमेरिकी नागरिक २१ वर्षीय सैफुल्लाह मुसल्लत को कुटपिटबाट मृत्यु भएको अधिकारीहरुले बताएका छन ।

स्थानीय नगर अधिकारी र मृतकका एक आफन्तले मुसल्लतको मृत्यु पुष्टि गरेका छन् । उनी अमेरिकाको फ्लोरिडामा जन्मिएका थिए । हाल परिवार भेट्न सिनजिल गएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली सैन्य अधिकारीहरूले इजरायली र प्यालेस्टिनी समूहबीच झडप भएको स्वीकार गरेका छन् । अमेरिकी दूतावासका प्रवक्ताले पनि मुसल्लतको मृत्यु पुष्टि गरेका छन्।

इजरायलमा प्यालेस्टिनीहरूमाथि हिंसा गर्नेहरू विरुद्ध कानुनी कारबाही विरलै हुने गरेको तथ्याङ्कले देखाउँछ । मुद्दा चले पनि अत्यन्तै थोरै दोषीहरूलाई सजाय हुने गरेको छ।

अमेरिकी न्याय मन्त्रालय आफैँ आफ्ना वकिलहरूको आलोचनाको सामना गर्नु परिरहेको छ । उनीहरूले इजरायल र उसका नागरिकहरूले गरेको सम्भावित अपराधको अनुसन्धानमा अमेरिकी कानुनी प्रणालीमा रहेको ‘ठूलो कमजोरी’ देखाएका छन्।

रुस वा हमासका अपराधमा देखाइएको गहिरो अनुसन्धानको तुलनामा इजरायली पक्षमा अत्यन्तै न्यून ध्यान दिइएको वकिलहरूको भनाइ छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० जनाको ज्यान गएको थियो । सयौं मानिसहरू अपहरणमा परेको घटना पश्चात, इजरायल र प्यालेस्टिनीबीचको लडाई सुरु भएको हो ।

इजरायलले सो घटनापछि गाजामा निरन्तर आक्रमण गरिरहेको छ । अहिलेसम्म ५५ हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएकोको छ ।

जसमध्ये आधा भन्दा बढी महिला र बालबालिका रहेका छन । १ लाख २७ हजार भन्दा बढी घाइते भएको रिपोर्टहरू छन्।

गाजामा इजरायली आक्रमणका कारण स्वास्थ्य, खाद्य आपूर्ति, र जनकल्याण प्रणाली पूर्ण रूपमा ध्वस्त भएका छन् । युद्धको २१ महिनासम्म पनि अमेरिकी सरकारले इजरायललाई समर्थन दिइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com