पोल्याण्डले दक्षिण कोरियाबाट १८० युद्धक ट्यांक खरिद गर्ने


प्रकाशित मिति : असार २८, २०८२ शनिबार

पोल्याण्डले दक्षिण कोरियाबाट १८० ट्यांक खरिद गर्ने सम्झौता गरेको छ । पोल्याण्डले सन् २०२२ मा दक्षिण कोरियासँग गरिएको सुरक्षा सम्झौताअन्तर्गत दोस्रो चरणमा १८० वटा मुख्य युद्धक ट्यांक खरिद गर्ने प्रक्रिया पूरा गरेको हो ।

यो सम्झौतापछि अन्ततः करिब १ हजार ट्यांक पोल्याण्डको सैन्य सागरमा थपिने छन । यो सम्झौता पोल्याण्डलाई युरोपको एक शक्तिशाली सैन्य शक्तिको रूपमा उभ्याउने संकेत हो ।

दक्षिण कोरियालाई अमेरिका समर्थित मुलुकहरूका लागि महत्त्वपूर्ण हतियार आपूर्तिकर्ता बनाउँदैछ । विशेष गरी अहिलेको समयमा भइरहेको विश्वव्यापी युद्धले अमेरिकाका हतियार भण्डारहरू घटाइरहेका बेला यो सहमति भएको हो ।

यो सम्झौता रुसले युक्रेनमाथि आक्रमण बढाइरहेको बेलामा गरिएको हो । तीमध्ये केही आक्रमण पोल्याण्डको सिमानाबाट १०० माइल भित्र परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनसँग सिमा जोडिएको नाटो सदस्य पोल्याण्डलाई रुसले आक्रमण विस्तार गरेमा फ्रन्टलाइन सुरक्षाको रूपमा हेरिन्छ । पोल्याण्डको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सम्झौताबारे जानकारी दिएको थियो ।

सम्झौताको कुल मूल्य ६.७ बिलियन अमेरिकी डलर बराबरको रहेको छ । यसमा ८० वटा सपोर्ट गाडी, गोलाबारुद, लजिस्टिक्स, र प्रशिक्षण प्याकेजहरू पनि समावेश छन्।

ट्यांकहरू दक्षिण कोरियाको कम्पनीले निर्माण गर्नेछ। केही ट्यांक पोल्याण्डमै निर्माण गरिनेछन् । १८० ट्यांकमध्ये ६० वटा पोल्याण्डमै बनाइनेछन् । पहिलो ३० ट्यांक २०२६ मा पोल्याण्ड पुग्ने अपेक्षा गरिएको छ ।

दुई देशबीच २०२२ मा गरिएको प्रारम्भिक सम्झौताअनुसार पोल्याण्डले ९८० वटा ट्यांक, ६४८ वटा स्वचालित होविट्जर तोप र र ४८ वटा लडाकु विमान प्राप्त गर्ने छ ।

यस सम्झौताअनुसार दक्षिण कोरियाबाट अहिलेसम्म १३५ वटा ट्यांक डेलिभरी भइसकेका छन् । बाँकी ४५ वटा ट्यांक वर्षको अन्त्यसम्म पुग्नेछन् ।

रुसी ड्रोन आक्रमणबाट युक्रेनमा भएको क्षतिका कारण पोल्याण्ड झनै सतर्क भएको छ । लुत्स्क शहरमा गरिएको एक भीषण ड्रोन हमलापछि पोल्याण्डले आफ्ना फाइटर जेटहरू तयारी अवस्थामा राख्नुपरेको थियो । लुत्स्क पोल्याण्डको सिमाना नजिकै—करिब ५० माइल टाढा मात्र पर्छ।

अमेरिकी थिङ्क ट्याङ्क ले भने पोल्याण्डको ठूलो सैन्य खरिद योजनाको वित्तीय पक्षमा चिन्ता व्यक्त गरेको छ ।

धेरै खरिदहरू कर्जाबाट गरिएको छ । यसले दीर्घकालीन ऋणको बोझ निम्त्याउन सक्छ । साथै, पोल्याण्डले अर्को दशकमा आफ्नो सेना ५० प्रतिशत ले बढाउनुपर्ने आवश्यकतासमेत रहेको उल्लेख गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com