फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेललाई तुरुन्तै राजीनामा दिन दबाब दिएका छन । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्ममा लेखे, “‘ढिलो भइसक्यो’ तुरुन्त राजीनामा देऊ ” ।

अमेरिकी संघीय आवास नियामकले पावेलले अमेरिकी केन्द्रीय बैंक को वाशिङ्टन मुख्यालयमा भइरहेको मर्मतसम्बन्धी सुनुवाइमा दिएको भ्रामक सूचनाको छानबिन गर्न आग्रह गरेका थिए ।

ट्रम्पले पावेललाई आफ्नो पहिलो कार्यकालमा फेड चेयरका लागि नियुक्त गरेका थिए । त्यसयता उनले पावेलमाथि ब्याजदर नघटाएको भन्दै पटक–पटक आलोचना गर्दै आएका छन् ।

तर राष्ट्रपतिसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने विषय अझै स्पष्ट छैन । यद्यपि ट्रम्पले पावेलमाथि निरन्तर हमला गर्दै आएका छन् । उनले यसै वर्षको सुरुमा भनेका थिए, “पावेललाई हटाउने मेरो कुनै इरादा छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प चाहन्छन् कि फेडले ब्याजदर घटाओस्, जसले अर्थतन्त्रमा वृद्धि ल्याउने उनको दाबी छ । तर फेड चेयर पावेलले भने, यदि ट्रम्पको भन्सार नीतिहरूको असर नपरेको भए, फेडले अहिलेसम्म ब्याजदर घटाइसकेको हुन्थ्यो।

युरोपको पोर्चुगलमा आयोजित केन्द्रीय बैंकका गभर्नरहरूको भेलामा, जब पावेललाई सोधियो कि यदि ट्रम्प प्रशासनले अन्य देशहरूमा भन्सार वृद्धि नगरेको भए अमेरिकाले यस वर्ष फेरि ब्याजदर घटाउने सम्भावना थियो ? उनले उत्तर दिए, “म सोच्दछु, त्यो ठिकै हो।” फेडले ट्रम्पको ताजा टिप्पणीमा कुनै प्रतिक्रिया दिएका छैनन ।

ट्रम्प पुनः राष्ट्रपतिमा फर्किएपछि पावेलले भनेका थिए, यदि राष्ट्रपति आफैंले आग्रह गरे पनि म राजीनामा दिने छैन।

संविधानअनुसार ह्वाइट हाउसले उनलाई जबरजस्ती हटाउन पाउँदैन । सन् १९३५ को सुप्रिम कोर्टको ऐतिहासिक फैसलाले पनि स्वतन्त्र संघीय निकायका सदस्यहरूलाई पदावधि पूरा हुनु अघि हटाउन “कारण” चाहिन्छ भनी स्पष्ट पारेको छ।

तर ट्रम्पले अघिल्लो कार्यकालमा पनि राजनीतिक परम्पराहरू तोड्दै स्वतन्त्र नियामक निकायका पदाधिकारीहरूलाई हटाउने प्रयास गरेका थिए । गत हप्ता पावेलले अमेरिकी सिनेटमा मुख्यालयको मर्मत खर्चबारे आएका रिपोर्टहरू धेरै हिसाबले भ्रामक र गलत भएका बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com