अमेरिकामा डढेलो निभाउन गएका २ जना दमकलकर्मीको गोली लागेर मृत्यु


प्रकाशित मिति : असार १५, २०८२ आईतबार

अमेरिकामा दुई जनाको गोली लागेर मृत्यु भएको छ । अमेरिकाको पश्चिमी राज्य आइडाहोको एक पहाडी समुदायमा डढेलो लागेपछि निभाउन गएका २ जनाको गोली लागेर ज्यान गएको हो ।

मृतक आगो निभाउन गएका दमकलकर्मीहरु रहेको प्रहरीले बताएको छ । आगो लागेको खबर स्थानीयले गरेपछि निभाउन दमकल पुगेपछि त्यहाँ गोली चलेको थियो ।

अधिकारीहरूले जनाएअनुसार घटनास्थलमा सुरक्षाकर्मीमाथि अत्याधुनिक राइफलबाट गोली प्रहार भएको थियो ।

कूटेने काउन्टीका शेरिफ रोबर्ट नोरिसका अनुसार कोएर डीुएलिन शहर नजिकै क्यानफिल्ड पर्वतमा कानून कार्यान्वयन टोलीमाथि आक्रमणकारीले गोली चलाएका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरूले विभिन्न दिशाबाट गोली प्रहार भएको बताएका छन्। स्थानीय बासिन्दाहरूलाई घटनास्थल नजिक नजान आग्रह गरिएको छ ।

एफबीआईका उपनिर्देशक ड्यान बोंजिनोले एफबीआई एजेन्टहरू ‘रणनीतिक र सञ्चालनगत सहयोग’ पुर्याउन घटनास्थलमा पुगेका थिए ।

आइडाहो राज्यका गभर्नर ब्राड लिटलले ‘धेरैजना साहसी दमकलकर्मीहरू’ माथि आक्रमण भएको पुष्टि गरे।

गभर्नर लिटलले सामाजिक सञ्जालमा लेखे, ‘वीर दमकलकर्मीहरूमाथि भएको यो कायरतापूर्ण आक्रमण निन्दनीय छ । सम्पूर्ण आइडाहोवासीहरूलाई उनीहरू र उनीहरूको परिवारको लागि प्रार्थना गर्न आग्रह गर्दछु।’

पत्रकार सम्मेलनमा शेरिफ नोरिसले भने, ‘त्यहाँ एक, दुई, तीन वा चारजना आक्रमणकारी हुन सक्ने आशंका छ । हामीलाई यकिन छैन।”हामीलाई थाहा छैन कति संदिग्धहरू त्यहाँ छन्, र कति जनाको मृत्यु वा घाइते अवस्था छ भन्ने पनि थाहा छैन।’

प्रहरीका अनुसार, गोली लागेर मारिएका दुई जना सम्भावित दमकलकर्मी हुन् ।

शेरिफ नोरिसले भने, ‘हामी आशा गर्छौं कसैले स्पष्ट निशाना लगाएर आक्रमणकारीलाई निष्क्रिय पार्न सकून्, किनकि हालसम्म उनीहरूले आत्मसमर्पण गर्ने कुनै संकेत दिएका छैनन्।’

शेरिफले भने, क्यानफिल्ड पर्वतमा सामान्य नागरिकहरू पनि छन् । किनभने त्यो क्षेत्र पैदलयात्रा र साइकल ट्रेलहरूबाट भरिएको छ, त्यसैले ‘त्यहाँ अरू मानिसहरू अझै पनि हुन सक्ने सम्भावना रहेको छ ।’ गोलीबारीको बीचमा डढेलो अझै पनि बलिरहेको छ।

कूटेने काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयले विज्ञप्ति निकालेर क्यानफिल्ड माउन्टेन ट्रेलहेड र नेटलटन गल्च रोड वरपरको क्षेत्रबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com