अब यूकेको भिसा नेपालबाटै अतिरिक्त शुल्कमा ५ दिनमै


प्रकाशित मिति : असार १०, २०८२ मंगलबार

काठमाडौंस्थित बेलायती दूतावासले जानकारी दिएको अनुसार अब नेपालका भिसा आवेदनकर्ताहरूले अतिरिक्त शुल्क तिरेर ५ कार्यदिनभित्र यूकेको भिसा प्राप्त गर्न सक्ने भएका छन्। यससँगै नेपालबाटै प्रायोरिटी भिसा सेवा सुरु गरिएको हो। यस सेवाले भिसा तथा सेटलमेन्ट आवेदनहरूमा छिटो निर्णय प्रदान गर्छ।

प्रायोरिटी भिसा सेवामार्फत सामान्यतया ५ कार्यदिनभित्र भिसा निर्णय प्राप्त गर्न सकिन्छ। तर, परिवार भिसाको हकमा निर्णय आउन ३० दिनसम्म लाग्न सक्छ। यो सेवाको लागत ५०० पाउण्ड हो, जुन सामान्य भिसा शुल्कमा थप रुपमा तिर्नुपर्ने हुन्छ।

५ दिनको गणना या त व्यक्तिगत रूपमा पहिचान प्रमाणित गरेको दिनबाट, वा यूके इमिग्रेशन आईडी चेक एपमार्फत कागजात अपलोड गरेको भोलिपल्टदेखि हुन्छ। यदि होम अफिसले थप विवरण मागेमा वा अन्य सरकारी निकायहरूसँग जानकारी पुष्टि गर्न आवश्यक परेमा निर्णयमा ढिलाइ हुन सक्नेछ। यस्तो अवस्थामा आवेदकलाई सूचित गरिनेछ, तर सामान्यतया शुल्क फिर्ता दिइँदैन।

प्रायोरिटी सेवा छनोट गर्न आवेदकले अनलाइनमार्फत भिसा आवेदन फारम भरेर सेवाको अनुरोध गर्नुपर्छ। यस प्रक्रियामा, आवेदकले काठमाडौंस्थित भीएफएस ग्लोबल भिसा आवेदन केन्द्रमा व्यक्तिगत रूपमा उपस्थित भएर पहिचान प्रमाणित गर्ने वा यूके इमिग्रेशन आईडी चेक एप प्रयोग गर्ने विकल्प छनोट गर्न सक्छन्। सेवा सीमित स्लटमा उपलब्ध हुने भएकाले भीएफएस ग्लोबल मार्फत अग्रिम अपोइन्टमेन्ट बुक गर्न सल्लाह दिइएको छ। निर्णय इमेल वा पत्रमार्फत सूचित गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सेवा छिटो निर्णयको ग्यारेन्टी भए पनि भिसा स्वीकृत हुने ग्यारेन्टी भने होइन। भिसा प्राप्त गर्न आवेदकले युकेको आप्रवासन नियमहरू पूरा गर्नुपर्ने हुन्छ।

प्रायोरिटी भिसा सेवा सन् २०१३ मा सुरू गरिएको हो, तर हाल £५०० शुल्कमा थप प्रभावकारी र सुविधाजनक बनाइएको छ। सेवा बेलायती दूतावास, काठमाडौं र भीएफएस ग्लोबल को सहकार्यमा सञ्चालित छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com