पुटिनले भने – इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमण ‘अकारण र अन्यायपूर्ण’


प्रकाशित मिति : असार ९, २०८२ सोमबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई ‘अकारण र अन्यायपूर्ण’ भन्दै कडा आलोचना गरेका छन्। उनले यसले विश्वलाई ‘गम्भीर संकटको सिमानामा पुर्याएको’ चेतावनी दिँदै इस्लामिक गणतन्त्र इरानका जनतालाई सहयोग गर्ने वाचा गरेका छन्।

पुटिनले क्रेमलिनमा इरानी विदेशमन्त्री अब्बास अराज्चीसँग भेट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। उक्त बैठकमा रुसी विदेशमन्त्री सेर्गेई लावरोभ, क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ, र सैन्य गुप्तचर संस्था जीआरयूका प्रमुख इगोर कोस्त्युकोभ पनि सहभागी थिए।

इरानी स्रोतका अनुसार, अराज्ची सर्वोच्च नेता आयातोल्ला अली खामेनीको पत्र लिएर पुटिनसमक्ष पुगेका थिए। सो पत्रमा इरानप्रतिको समर्थन थप बलियो बनाउन रूसलाई आग्रह गरिएको थियो। यद्यपि मस्कोले औपचारिक रूपमा पत्रबारे केही खुलाएको छैन।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली नेताहरूले सर्वोच्च नेता खामेनीको हत्या गर्ने र इरानी शासन परिवर्तन गर्ने विषयमा खुला अड्कलबाजी गरेका छन्। रूसले यस्तो कदमले सम्पूर्ण मध्यपूर्वलाई युद्धतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुटिनले भने, “इरानमाथिको उक्साइबिनाको आक्रमणको न त कुनै आधार छ, न कुनै औचित्य। हामी संकट समाधानका उपायहरूबारे छलफल गर्न चाहन्छौं। हाम्रोतर्फबाट, हामी इरानी जनतालाई सहयोग गर्ने प्रयास गरिरहेका छौं।”

इरानी स्रोतहरूका अनुसार, इरान हालसम्म रूसबाट भएको सहयोगप्रति सन्तुष्ट छैन। उनीहरूको धारणा छ कि रूसले अमेरिकाको तुलनामा पर्याप्त सहयोग गरेको छैन। इरानले वायु रक्षा प्रणाली, मिसाइल र उपग्रह खुफिया जानकारीजस्ता सैन्य सहयोगको अपेक्षा गरेको जनाइएको छ।

रूसले यस वर्षको सुरुवातमा इरानसँग २० वर्षे रणनीतिक साझेदारी सम्झौता गरे पनि, सो सम्झौतामा पारस्परिक रक्षा सम्बन्धी कुनै धारा छैन। रूसले इरानलाई आणविक बम बनाउन नदिने स्पष्ट संकेत पनि दिँदै आएको छ।

रूसले सन् २०१५ मा सिरियाली राष्ट्रपति बशार अल-असदलाई समर्थन गर्दै गृहयुद्धमा हस्तक्षेप गरे पनि सन् २०२४ को अन्त्यतिर दमास्कसमा विपक्षीहरूले दबाब बढाउँदा रूसी सेनाले हस्तक्षेप गर्न मानेन। यद्यपि, असदलाई रूसले शरण भने दिएको थियो।

यस घटनाले इरानी नेतृत्वमा असन्तुष्टि बढाएको बताइएको छ। उनीहरूलाई लाग्छ कि रूस र चीनले संकटका घडीमा साथ नदिएको हो।

आइतबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिका–इरान तनावको विषयमा छलफल हुँदै गर्दा, रूस, चीन र पाकिस्तानले मध्यपूर्वमा तुरुन्त र सर्तरहित युद्धविरामको प्रस्ताव पेस गरे। यो प्रस्ताव अमेरिकी आक्रमणपछि आएको हो।

रुसका राष्ट्रसंघीय स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले भने, “हामीलाई फेरि पनि अमेरिकाका झूटा कथामा विश्वास गर्न भनिँदैछ। इतिहासले हाम्रो अमेरिकी सहकर्मीहरूलाई केही पनि सिकाएको छैन।”

उनले २००३ मा इराकमा अमेरिकी हस्तक्षेपको उदाहरण दिँदै त्यसले लाखौं मानिसको जीवनमा विनाश ल्याएको स्मरण गराए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com