ट्रम्प प्रशासनद्वारा भ्वाइस अफ अमेरिकाका थप ६३९ पत्रकार र कर्मचारी बर्खास्त


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भ्वाइस अफ अमेरिका का सयौं पत्रकारलाई बर्खास्त गरेका छन । ट्रम्पको पछिल्लो कदमपछि अमेरिकी सरकारी सञ्चार संस्था लगभग बन्द नै भएको छ ।

राष्ट्रपति ट्रम्पको प्रशासनले भ्वाइस अफ अमेरिकाका बाँकी रहेका अधिकांश कर्मचारीलाई बर्खास्त गरेको हो । यसले अमेरिकी सरकारद्वारा सञ्चालित समाचार संस्था लगभग पूर्ण रूपमा बन्द भएको संकेत गर्छ ।

प्रशासनले यो ‘संस्था असक्षम, पक्षपाती र अपव्ययले भरिएको’ भनेर दाबी गरेको छ।

भ्वाइस अफ अमेरिकाका प्रमुख राष्ट्रिय संवाददाता स्टीव हर्मनले यसलाई “आत्मविनाशको ऐतिहासिक कार्य” भन्दै आलोचना गरेका छन् । यो संस्था दोस्रो विश्वयुद्धका बेला नाजी प्रचारको प्रतिवाद गर्नका लागि स्थापना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बर्खास्त गरिएका पत्रकारहरूमध्ये फारसी भाषा सेवा अन्तर्गत काम गर्ने पत्रकारहरू पनि छन । जसलाई इजरायलले इरानमा हमला गरेपछि गत हप्ता पुनः काममा फर्काइएको थियो ।

भ्वाइस अफ अमेरिकाका अनुसार ती पत्रकारहरू शुक्रबार सिगरेट ब्रेकमा गएका बेला बर्खास्ती सूचना सार्वजनिक गरि।एको थियो । त्यसपछि उनीहरूलाई कार्यालयभित्र प्रवेश नै गर्न दिइएन।

राष्ट्रपति ट्रम्पले भ्वाइस अफ अमेरिकाका सञ्चालन गर्न नियुक्त गरेकी करी लेकले वक्तव्य जारी गर्दै भनिन्, “हामीले राष्ट्रपतिको प्रशासनको उद्देश्य अनुसार संघीय ब्युरोक्रेसीलाई सानो बनाउने निर्णायक कदम चाल्यौं।”

उनका अनुसार कुल ६३९ कर्मचारीहरूलाई बर्खास्त गरिएको छ।

मार्च महिनादेखि अहिलेसम्म भ्वाइस अफ अमेरिकाका तथा यसका मातहतका निकायहरूबाट १४०० मध्ये ८५ प्रतिशत भन्दा बढी कर्मचारीहरू बर्खास्त भइसकेका छन्। अब जम्मा छण् जना मात्र कार्यरत रहनेछन्।

तीन जना भ्वाइस अफ अमेरिकाका पत्रकारहरूले जारी गरेको संयुक्त वक्तव्यमा “यो ८३ वर्ष लामो स्वतन्त्र पत्रकारिता, जसले संसारभर अमेरिकी लोकतन्त्र र स्वतन्त्रताको आदर्श प्रवर्द्धन गर्थ्यो, त्यसको मृत्यु हो ”भनिएको छ ।

भ्वाइस अफ अमेरिकाका लाई ट्रम्प “घमण्डले भरिएको, बामपन्थी झुकाव देखाउने संस्थाको रूपमा चित्रण” गरेका थिए।

ट्रम्पले भ्वाइस अफ अमेरिकामाथि आफूविरुद्ध अभियान सञ्चालन गरेको आरोप लगाउदै आएका छन । विभिन्न अध्ययनहरूले अमेरिकी मिडियालाई अत्यन्त ध्रुवीकृत मानिएको देखाएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com