ट्रम्पले भने : इरान–इजरायल युद्धमा सम्लग्नताबारे २ साताभित्र निर्णय गर्नेछु


प्रकाशित मिति : ५ असार २०८२, बिहिबार

फोटो एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साताभित्र इरान–इजरायल संघर्षमा अमेरिका प्रत्यक्ष संलग्न हुने कि नहुने निर्णय गर्ने भएका छन्।

ह्वाइट हाउसको पत्रकार सम्मेलनमा प्रेस सेक्रेटरी क्यारोलिन लेविटले ट्रम्पको सन्देश सुनाउँदै भनिन् ‘निकट भविष्यमा इरानसँग सम्भावित वार्ताको अवसर रहेकाले, म आगामी दुई साताभित्र मेरो निर्णय लिनेछु।’

यसअघि, इरानका उप–परराष्ट्रमन्त्रीले अमेरिकाले हस्तक्षेप गरेमा उक्त क्षेत्र ‘नरक’ बन्नेछ । ‘यो अमेरिका–को युद्ध होइन,’ भनेका थिए । राष्ट्रपति ट्रम्पले स्वयं एक दिनअघि मात्रै आफूले युद्धमा सहभागी हुने कि नहुने निर्णय अझै नगरेको बताएका थिए ।

लेविटले भनिन्स् ‘राष्ट्रपति ट्रम्पप्रति विश्वास राख्नुस्।’ उनले राष्ट्रपति ट्रम्पको सबैभन्दा ठूलो प्राथमिकता इरानलाई परमाणु हतियार निर्माण गर्न नदिनु हो।

इरानी अधिकारीहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने सम्भावना, वा कंग्रेसबाट स्वीकृति लिएर युद्धमा जानु पर्ने वा नपर्ने भन्ने विषयहरूमा उनले केही बताएकी छैनन ।

ट्रम्प प्रशासनले हालसम्म आफ्नो रणनीतिक अभिव्यक्तिमा अस्पष्टता राख्दै आएको छ । इरान परमाणु हतियार निर्माणमा हालसम्मकै नजिक पुगेको अमेरिकाको आँकलन छ ।

राष्ट्रपति ट्रम्पले यस वर्ष कंग्रेसमा खुफिया निर्देशक तुलसी गेबार्डले दिएको जानकारीलाई अस्वीकार गर्दै आएका छन् । उक्त रिपोर्टमा भनिएको थियो कि इरानले हालको अवस्थामा परमाणु हतियार बनाउन चाहेको छैन ।

बुधबार इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले ट्रम्पको ‘सरेन्डर’को माग अस्वीकार गरेपछि ट्रम्पले के निर्णय लिन्छन् भन्नेबारे अड्कल झन् बढेको छ ।
ट्रम्पले इरानमाथि आक्रमणको योजना स्वीकृत गरिसकेको तर अन्तिम निर्णय अझै नलिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी खुफिया स्रोतका अनुसार ट्रम्प वार्ताका माध्यमबाट इरानले आफ्नो परमाणु कार्यक्रम त्याग्नेछ भन्ने आशामा रहेका छन ।

तर, ट्रम्पले ट्रुथ सोशलमा प्रतिक्रिया दिँदै वाल स्ट्रिट जर्नलको रिपोर्टलाई खारेज गरे । ‘उनीहरूलाई थाहा छैन म के सोच्दैछु,’ उनले भने । तर, उनले योजनाको स्वीकृतिबारे केही पनि उल्लेख गरेनन्।

ट्रम्पले इरानको फोर्डो नामक भूमिगत यूरेनियम प्रशोधन केन्द्रमा आक्रमण गर्नेबारे सोचिरहेका खबरहरू छन् । ईरानले फोर्डो साइट पूर्ण रूपमा नागरिक प्रयोजनको हो भन्ने दाबी गर्दै आएको छ ।

उक्त साइट पहाडभित्र गहिरो भएकोले इजरायली हतियारहरूको पहुँचभन्दा बाहिर मानिन्छ । केवल अमेरिकासँग मात्र त्यसलाई ध्वस्त पार्न सक्ने शक्तिशाली बम रहेको विश्वास गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com