फार्म, रेष्टुरेन्ट र होटलहरूमा अध्यागमन छापा नमार्ने निर्देशन ५ दिनमै उल्टाइयो


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फार्म, रेष्टुरेन्ट र होटलहरूमा अध्यागमन छापा नमार्ने गत साता जारी गरेको निर्देशन सोमबार उल्टाएको छ। उक्त निर्देशनमा अध्यागमन एजेन्टहरूले फार्म, होटल र रेस्टुरेन्टहरूमा छापा नमार्न भनिएको थियो। तर सोमबार त्यसलाई उल्टाएर ती स्थानहरूमा अध्यागमन छापा मार्ने कार्यलाई निरन्तरता दिन आदेश दिइएको छ।

आइसका अधिकारीहरूले सोमबार एजेन्सीका नेताहरूलाई कृषि व्यवसाय, होटल र रेस्टुरेन्टहरूमा अध्यागमन छापा जारी राख्न निर्देशन दिएका छन्। नयाँ निर्देशन सोमबार बिहान ११ बजे देशभरका ३० क्षेत्रीय कार्यालयहरूका प्रतिनिधिहरूसँग गरिएको टेलिकन्फरेन्समार्फत दिइएको थियो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक अधिकारीले बिहीबार एजेन्टहरूलाई जलचर र मासु प्याकिङ प्लान्टहरू सहित कृषि, रेस्टुरेन्ट र होटलहरूमा अध्यागमन छापा स्थगित गर्न इमेलमार्फत निर्देशन दिएका थिए। ट्रम्पले किसानहरूले उठाएका देशनिकालासम्बन्धी चिन्ताहरूप्रति सहानुभूति व्यक्त गर्न सुझाव दिएको केही घण्टापछि यो सन्देश बाहिर आएको थियो।

तर निर्देशन उल्टाइएपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी अधिकारी ट्रिसिया म्याकलफ्लिनले हिंसात्मक अपराधीहरूलाई आश्रय दिने वा जानाजानी आइसको प्रयासलाई कमजोर पार्ने उद्योगहरूका लागि कुनै सुरक्षित स्थान नहुने बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इतिहासकै सबैभन्दा ठूलो देशनिकालाको अभियान सञ्चालन गर्ने ट्रम्पको लक्ष्य पूरा गर्न ह्वाइट हाउसका अधिकारीहरूले आइसमाथि गिरफ्तारी बढाउन दबाब दिएका छन्। ट्रम्प प्रशासनले दैनिक कम्तीमा ३ हजार गिरफ्तारी चाहेको बताइएको छ। गत हप्ता एक अन्तर्वार्तामा ट्रम्पका सीमा प्रमुख टम होमनले दैनिक लगभग २ हजार गिरफ्तारी भइरहेको बताएका थिए।

यस मुद्दामा ट्रम्प दुई तर्फबाट दबाबमा परेका थिए। हालै कृषि र होटल उद्योगका कार्यकारीहरूले आप्रवासी कामदारहरूलाई ठूलो क्षति पुर्‍याउने व्यापक निर्वासन नीतिमा केही लचिलोपन ल्याउन दबाब दिएका थिए। राष्ट्रपतिले बिहीबार सामाजिक सञ्जालमार्फत किसानहरूलाई कामदार गुमाउनबाट जोगाउन केही परिवर्तनहरू आउने बताएका थिए।

ट्रम्पको आक्रामक आप्रवासन नीतिका योजनाकार मानिने मिलरले कानुनी हैसियत नभएका कामदारहरूमा भर पर्ने केही उद्योगहरूलाई अपवाद दिनुपर्ने प्रस्तावमा निजी रूपमा विरोध जनाएका थिए। यद्यपि कृषिमन्त्री ब्रुक रोलिन्सले ट्रम्पलाई कृषि उद्योगका व्यक्तिहरूले कामदार गुमाउने विषयमा उठाएका चिन्ताहरूलाई जोड दिएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com