कोलम्बिया विश्वविद्यालयका छात्र खलीलको रिहाइका लागि वकिलहरुले थाले नयाँ प्रयास


प्रकाशित मिति : असार २, २०८२ सोमबार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका छात्र महमूद खलीलको रिहाइ वा स्थानान्तरणको लागि वकिलहरूले नयाँ प्रयास सुरु गरेका छन ।

कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी तथा प्रोप्यालेस्टिनी कार्यकर्ता महमूद खलीललाई लुइसियानाको आप्रवासन हिरासत केन्द्रमा राखिएको छ ।

उनलाई त्यहाँबाट न्यूजर्सी स्थानान्तरण गर्ने वा धरौटीमा रिहा गराउने माग गर्दै उनका वकिलहरूले संघीय अदालतमा नयाँ कागजात दर्ता गरेका छन्।

न्याय मन्त्रालयका वकिलहरूले खलीलले स्थायी बसोबास अर्थात ग्रीन कार्ड निवेदनमा आवश्यक सूचना नदिएको कारण देखाएर उनको रिहाइको विरोध गरेपछि संघीय न्यायाधीशले उनलाई हिरासतमा राख्ने निर्णय जारी राखेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खलीलका वकिल मार्क भ्यान डर हाउटले भने, ‘यो सरकारको अर्को निर्दयी प्रयास हो, जसको उद्देश्य महमूदलाई अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग गरेको कारण सजाय दिनु हो । यस्तो आरोपमा कसैलाई हिरासतमा राख्नु अस्वाभाविक मात्र होइन, पूर्णतया लाजमर्दो कुरा हो।’

गत हप्ता न्यायाधीश माइकल फार्बिआर्जले खलीलको अमेरिका उपस्थितिले “संयुक्त राज्यको परराष्ट्र नीतिमा गम्भीर नकरात्मक प्रभाव पार्न सक्छ” भन्ने विदेश मन्त्री मार्को रुबियोको दाबीलाई अस्वीकार गरेका थिए । र उनलाई रिहा गर्न आदेश दिएका थिए ।

नयाँ निवेदनमा खलीलका वकिलहरूले उनको हिरासतलाई “असामान्य” भन्दै, उनी न भाग्ने जोखिममा छन्, न समाजका लागि खतरा भएको तर्क गरेका छन् । त्यसैले उनी धरौटीमा रिहा हुने हकदार भएको बताएका छन् ।

महमूद खलील वैध स्थायी बासिन्दा हुन् । उनले अमेरिकी नागरिकसँग वैवाहिक गरेका छन । हाल लुइसियानास्थित आप्रवासन तथा सीमा सुरक्षा हिरासत केन्द्रमा तीन महिनाभन्दा बढी समयदेखि थुनामा छन् ।

उनलाई मार्च महिनामा कोलम्बिया विश्वविद्यालय क्याम्पसस्थित उनको अपार्टमेन्टबाहिरबाट गिरफ्तार गरिएको थियो । सीरियाली मूलका प्यालेस्टिनी शरणार्थी खलील ती थोरै विदेशी नागरिकहरूमध्ये एक हुन् ।

जसलाई ट्रम्प प्रशासनले कथित आतंकवादी संगठनहरूसँग सम्बन्ध राखेको भन्दै राष्ट्रिय सुरक्षा जोखिमको रूपमा चिनाएको छ । यद्यपि उनका वकिलहरूले ती आरोपहरूलाई बारम्बार खारेज गर्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com