इजरायली प्रधानमन्त्रीसँग यूरोपेली आयोगकी अध्यक्षको वार्ता, इरानसँगको तनावबारे के भनिन् ?


प्रकाशित मिति : असार २, २०८२ सोमबार

यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनले इरान–इजरायल तनाव समाधानका लागि वार्ता नै सबैभन्दा उपयुक्त उपाय भएको बताएकी छन्।

आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन वार्ता गर्दै उनले इरानसँग परमाणु हतियार नभएको सुनिश्चित गर्न संवादमार्फत समाधान खोज्न आग्रह गरिन्।

उनका अनुसार फोन वार्ताका क्रममा नेतन्याहू र आफू दुवै इरानसँग कुनै पनि हालतमा परमाणु हतियार हुन नहुने विषयमा सहमति भएका थिए । यस्तै, यो विषयमा कुनै शंका बाँकी नरहेको उनले बताइन्।

यद्यपि, उर्सुला भन डेर लायनले यसअघि गाजामा इजरायली सैन्य कारबाहीको आलोचना गरेकी थिइन्। उनले इजरायली आक्रमणबाट ठूलो मानवीय संकट उत्पन्न भएको भन्दै संयम अपनाउन आग्रह गरेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, यस पटक उनले भनिन्, “इरानले संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्थाका नियमहरूको पालना नगरेको अवस्थाले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने अधिकार दिन्छ।”

उनले स्पष्ट रूपमा भनिन्, “इरान नै हाल क्षेत्रीय अस्थिरताको मुख्य कारण हो। यसको व्यवहारले सम्पूर्ण मध्यपूर्व क्षेत्रमा तनाव सिर्जना गरिरहेको छ।”

उर्सुला भन डेर लायन हाल क्यानडाको क्युबेक प्रान्तमा आयोजित जी–७ सम्मेलनमा सहभागी छिन्। सम्मेलनमा प्रमुख विश्व नेताहरूबीच इरान–इजरायल द्वन्द्व, रुसको युक्रेनमाथिको आक्रमण, चीनसँगको रणनीतिक प्रतिस्पर्धा र जलवायु संकटजस्ता विश्वव्यापी चुनौतीहरूबारे छलफल हुँदैछ।

उनले जी–७ सम्मेलनका क्रममा युरोपेली संघको तर्फबाट स्पष्ट धारणा राख्ने बताउँदै भनिन्, “हामी संवाद र अन्तर्राष्ट्रिय नियमहरूको पालनामा विश्वास गर्छौं। कुनै पनि मुलुकले आणविक खतरा बढाउने गतिविधि गर्न सक्दैन।”

जी–७ सम्मेलनमा अमेरिका, क्यानडा, ब्रिटेन, फ्रान्स, इटली, जापान, जर्मनी र युरोपेली संघका प्रतिनिधिहरू सहभागी छन्। यो सम्मेलनमा इरानको आणविक गतिविधि, इजरायलको सुरक्षा अवस्था तथा युक्रेनमा जारी युद्धजस्ता विषयहरू प्राथमिकतामा राखिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com