इजरायली हमलामा इरानका मुख्य ग्यास डिपो र केन्द्रीय तेल प्रशोधन केन्द्र ध्वस्त


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

फोटो : रासस

इजरायलले इरानमा गरेको पछिल्लो आक्रमणमा इरानको मुख्य ग्यास डिपो र केन्द्रीय तेल प्रशोधन केन्द्र ध्वस्त भएको छ । राजधानीभरि विस्फोट, धुवाँ र आगोको दृश्य देखिएको छ।

इरानको तेल मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार राजधानीको उत्तर भागस्थित शाहरान इन्धन डिपोमा आक्रमण हुँदा भीषण आगलागी भएको हो ।

उक्त डिपोमा कम्तीमा ११ वटा भण्डारण ट्यांकी रहेका छन् । शाहरान इलाका उच्चवर्गीय आवासीय टावरहरूले भरिएको क्षेत्र हो।

त्यसैगरी, राजधानीको दक्षिण भागमा रहेको शाहर रे नामक तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको पुष्टि गरिएको छ । यो केन्द्र इरानका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरूमध्ये एक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानका लागि ऊर्जा क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । निर्यात आम्दानी र घरेलु ऊर्जा आपूर्तिको मुख्य आधार भएकाले यस क्षेत्रमा गरिएको आक्रमणलाई इजरायल–इरान द्वन्द्वमा ठूलो चरणका रूपमा हेरिएको छ।

इजरायलले पहिले नै दक्षिणी इरानको साउथ पर्स ग्यास फिल्डमा समेत हमला गरेको थियो । जुन विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्रहरूमध्ये एक हो ।

इजरायली सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणमा इरानका केही आणविक प्रयोगशालाहरू पनि लक्षित गरिएका छन् । यसबारे इजरायल सरकारले आधिकारिक टिप्पणी भने दिएको छैन ।

इरानको वाणिज्य चेम्बर अन्तर्गत ऊर्जा समितिका सदस्य हामिद होसेनीले शाहरान इन्धन डिपोलाई बर्सौंदेखि आवासीय क्षेत्रबाट सार्ने छलफल भइरहेको बताए ।

तेल मन्त्रालयका एक अधिकारीका अनुसार डिपोमा दैनिक ८ लाख लिटर ग्यासोलीन भण्डारण गरिन्छ । यो डिपोले इरानको तीन दिनसम्मको इन्धन आवश्यकता पूरा गर्न सक्ने क्षमता राख्छ।

तर शनिबारको हमलामा डिपोमा रहेका ट्यांकीहरू एकपछि अर्को विस्फोट हुँदा आसपासका आवासीय इलाकाहरू पनि गम्भीर जोखिममा परेका छन् ।

इजरायली सरकारले अहिलेसम्म आक्रमणबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर यी आक्रमणहरूले इरानमा मात्र होइन पुरै मध्यपूर्वमा तनाव अझ चर्कने देखिएको छ।

इरानको मुख्य ऊर्जा पूर्वाधारमा आक्रमणसँगै इजरायल र इरानबीचको द्वन्द्वले नयाँ खतरनाक मोड लिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com