यूएससीआईएसद्वारा धोखाधडीका कारण देखाउँदै नागरिकता परीक्षा छूट नियमहरू कडा


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

यूएससीआईएसले नागरिकता प्रक्रियामा हुने धोखाधडीलाई मध्यनजर गर्दै नागरिकता परीक्षा छूटसम्बन्धी नियमहरूलाई कडा पारेको छ। युएससीआईएसले अशक्तताका आधारमा नागरिकताको अंग्रेजी भाषा र सिभिक परीक्षाको छुटका लागि चिकित्सा प्रमाणीकरण गरेर भरिने फारम एन-६४८ को प्रस्तुति र समीक्षा प्रक्रियामा महत्त्वपूर्ण संशोधनहरू तत्काल प्रभावकारी हुने गरी घोषणा गरेको हो। आज जारी गरिएको मार्गदर्शनले नागरिकता प्रक्रियाको अखण्डता बढाउन र प्रणालीलाई कमजोर बनाउने धोखाधडीपूर्ण चिकित्सा प्रमाणीकरणहरूलाई नियन्त्रण गर्न उद्देश्य राखेको युएससीआईएसले जनाएको छ।

यो एन-६४८ फारमले केही आवेदकहरूलाई नागरिकता अन्तर्वार्ताका क्रममा लिइने अंग्रेजी भाषा परीक्षा र सिभिक टेस्टको आवश्यकताहरूबाट छूट माग्न अनुमति दिन्छ। तर, त्यसका लागि उनीहरूसँग चिकित्सकीय रूपमा निर्धारित अशक्तता वा कमजोरी भएको र त्यसले गर्दा अमेरिकी नागरिकताको परीक्षाको मापदण्डहरू पूरा गर्नबाट वञ्चित भएको प्रमाणित गर्नुपर्छ।

सन् १९९४ को आप्रवासन र राष्ट्रियता प्राविधिक सुधार ऐनअन्तर्गत स्थापित यो फारमलाई लाइसेन्स प्राप्त चिकित्सा पेसेवरहरू (चिकित्सा डाक्टर, ओस्टियोप्याथी डाक्टर, वा क्लिनिकल मनोवैज्ञानिक) ले भर्नुपर्छ। जसले आवेदकको अवस्था कम्तीमा १२ महिना रहने र उनीहरू अंग्रेजी परीक्षा, सिभिक टेस्ट, वा दुवैमा प्रवीणता देखाउन असमर्थ भएको प्रमाणित गर्छन्।

तर, यूएससीआईएसले चिकित्सा प्रमाणीकरण प्रक्रियाको दुरुपयोग भएको दाबी गरेको छ। चिकित्सा पेसेवरहरूलाई धोखाधडीपूर्ण फारम एन-६४८ पेस गरेकोमा पक्राउ, अभियोग वा दोषी ठहर गरिएको विगतमा धेरै घटनाहरू देखा परेका युएससीआईएसले उदाहरणसहित बताएको छ। मिशिगनका एक डाक्टरलाई २०१६ देखि २०२० सम्म १,२४९ धोखाधडी प्रमाणीकरणहरू बनाएकोमा दोषी ठहर गरिएको थियो भने फ्लोरिडाका एक मनोचिकित्सकले १४ वर्षसम्म ३,००० भन्दा बढी झुटो आवेदनहरू पेस गरेर यूएससीआईएससहित विभिन्न संघीय एजेन्सीहरूलाई ठगी गरेको योजनामा दोष स्वीकार गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्ता दुरुपयोगहरूले अशक्तता छूटको विश्वसनीयतालाई कमजोर बनाउनुका साथै अयोग्य आवेदकहरूलाई नागरिकता प्राप्त गर्न अनुमति दिएर सम्पूर्ण नागरिकता प्रणालीको अखण्डतालाई जोखिममा पार्ने यूएससीआईएसले तर्क गरेको छ। जुन १३, २०२५ देखि प्रभावकारी हुने गरी अब यूएससीआईएसले सन् २०२२ अघिको आवश्यकतालाई पुनर्स्थापित गरेको छ, जसअनुसार आवेदकहरूले विशेष परिस्थितिहरूबाहेक आफ्नो नागरिकता आवेदन फारम एन-४०० सँगै फारम एन-६४८ पेस गर्नुपर्नेछ। यसले प्रक्रियालाई सुव्यवस्थित गर्न र धोखाधडीपूर्ण दाबीहरूको अवसर घटाउन उद्देश्य राखिएको छ।

त्यस्तै, एकल आवेदकका लागि धेरै फारम एन-६४८ पेस गर्नाले अब उच्च निगरानी निम्त्याउन सक्ने चेतावनी दिइएको छ। किनकि यसले अशक्तता दाबीमा असंगति वा संदिग्ध विश्वसनीयता संकेत गर्नाले युएससीआईएसबाट थप समीक्षा निम्त्याउने बताइएको छ। अब चिकित्सा पेसेवरहरूले आवेदकको अशक्तता वा कमजोरी र अंग्रेजी वा नागरिकता आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थाबीच स्पष्ट र विस्तृत सम्बन्धको व्याख्या गर्नुपर्नेछ, जसले प्रमाणीकरणहरू विशिष्ट र प्रमाणयोग्य छन् भन्ने सुनिश्चित गर्छ।

थप रूपमा, नीतिले फारम एन-६४८ को वैधतामा शंका गर्ने “विश्वसनीय कारणहरू” पहिचान गर्न स्पष्ट दिशानिर्देशहरू प्रस्तुत गरेको छ। यदि कागजातमा असंगति वा चिकित्सा पेसेवरको धोखाधडीको इतिहास भएमा यूएससीआईएस अधिकारीहरूलाई संदिग्ध प्रस्तुतिहरू पत्ता लगाउन सक्षम बनाउनेछ। त्यस्तै, समीक्षा प्रक्रियालाई परिष्कृत गरिएको छ जसले यूएससीआईएसलाई अपर्याप्त ठानिएको प्रमाणीकरणको लागि समान चिकित्सा पेसेवरबाट पूरक फारम एन-६४८ माग्न अनुमति दिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com