एयर इन्डिया विमान दुर्घटना : प्रधानमन्त्री मोदीले गरे स्थलको निरीक्षण, २४१ जनाको मृत्यु पुष्टि
प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

(250612) — AHMEDABAD, June 12, 2025 (Xinhua) — Firefighters extinguish flames at the site of an Air India plane crash in Ahmedabad of India’s Gujarat state, June 12, 2025. India’s foreign ministry said a lot of people have lost their lives in the plane crash with 242 people on board the flight to London in the western state of Gujarat. (Str/Xinhua)
बिहीबार अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनास्थलमा प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान पुगेका छन्। उनले घटनास्थलको निरीक्षण गर्दै उद्धारकार्यको प्रगति बारे जानकारी लिएका छन्।
घटनापछि प्रधानमन्त्री मोदी सिधै सिविल अस्पताल पुगेका छन्, जहाँ उनी दुर्घटनामा घाइते भएकाहरूसँग भेटघाट र समवेदना प्रकट गर्ने कार्यक्रम रहेको छ।
एयर इन्डियाको उक्त विमान लन्डनतर्फ गइरहेको थियो। तर उडान भरेको केही क्षणमै विमान एक घना बस्तीमा खस्दा भीषण आगलागीसहितको दुर्घटना भएको थियो। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यसहित जम्मा २४२ जना सवार थिए। एयर इन्डियाले घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। केवल भारतीय मूलका एकजना बेलायती नागरिक मात्र जीवित अवस्थामा फेला परेका छन्।
यो दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको पनि निधन भएको पुष्टि भएको छ, जसले घटनालाई झनै शोकपूर्ण बनाएको छ।
घटनापछि गृहमन्त्री अमित शाह पनि अहमदाबाद पुगेका थिए। उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “झण्डै सबै शवहरू निकालिएका छन्। विमानमा सवा लाख लिटर इन्धन भएकाले आगोको तापक्रम अत्यधिक थियो, जसका कारण कसैलाई जीवित उद्धार गर्ने सम्भावना अत्यन्त न्यून रह्यो।”