इरानले थाल्यो इजरायलविरुद्ध जवाफी आक्रमण,१०० ड्रोन प्रहार


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

तस्बिर : एएफपी/रासस

इरानले इजरायल विरुद्ध जवाफी कारवाही सुरु गरेको छ । इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले इरानले करिब १०० वटा ड्रोन इजरायली भूमीतर्फ प्रक्षेपण गरेको बताएका छन ।

डेफ्रिनका अनुसार ती ड्रोनहरूलाई अवरोध गर्न इजरायली सुरक्षाबलहरू प्रयासरत रहेका उनको दावी रहेको छ । डेफ्रिनले रातिको इजरायली आक्रमणमा इरानको सेनाका प्रमुख र इरानको आपतकालीन कमान्डका प्रमुख मारिएका बताएका छन ।

इजरायलमा राज्यव्यापी आपतकाल लागू गरिएको छ। अधिकारीहरूले आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। इरानको अटर्नी जनरलको कार्यालयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र सञ्चारमाध्यमहरूलाई चेतावनी दिएको छ ।

जनताको मानसिक सुरक्षामा खलल पुर्याउने खालका विषयहरूमा छलफल नगर्न अटर्नी जनरलको कार्यालयले चेतावनी दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भाषाशैली प्रायः प्रेस स्वतन्त्रता दमन गर्न र अनलाइन अभिव्यक्ति नियन्त्रण गर्न प्रयोग गरिन्छ । रिर्पोटर विदआउट वोर्डरका अनुसार इरान विश्वकै पत्रकार जेलमा राख्ने प्रमुख देशमध्ये पर्छ।

अब इरानी नागरिकले अनलाइन सामग्री साझा गर्दा थप प्रतिबन्धको सामना गर्नु पर्ने संकेत देखिएको छ। इरानी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रमणको निन्दा गर्न आह्वान गरेको छ ।

इरानले अमेरिकालाई इजरायलको मुख्य समर्थक भनेको छ । अमेरिका माथि आक्रमणको परिणामको जिम्मेवारी लिन चेतावनी दिएको छ । यद्यपि अमेरिकाले आक्रमणमा भाग नलिएको बताइसकेको छ ।

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षलाई “अधिकतम संयम” अपनाउन आग्रह गरेका छन् । उनका प्रवक्ताले “इजरायलद्वारा इरानी आणविक केन्द्रहरुमा आक्रमण गरिनु विशेष चिन्ताको विषय हो भनेका छन ।

अमेरिका र इरानबीच आणविक वार्ताहरू जारी रहेको बेला आक्रमण हुनु राम्रो नभएको उनले बताएका हुन । इरान र इजरायलबीचको पछिल्लो तनावले मध्यपूर्वलाई खुला युद्धतर्फ लैजान सक्ने जोखिम बलियो हुँदै गएको छ।

इजरायलको आक्रमण, इरानको प्रतिवादको तयारी, र अमेरिकी निष्क्रियता यी सबैले आगामी दिनहरूमा विश्वकै कूटनीतिक र सैन्य परिदृश्यमा गम्भीर प्रभाव पार्न सक्ने संकेत दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com