अमेरिकी प्रतिनिधिसभाद्वारा स्वीकृत भइसकेको संघीय बजेटबाट रकम फिर्ता गर्ने प्रस्ताव पारित


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

रिपब्लिकनले नेतृत्व गरेको अमेरिकी प्रतिनिधि सभाले विवादास्पद ‘रिसिसन’ प्याकेज पारित गरेको छ । ‘रिसिसन’ प्याकेज भनेको पहिले स्वीकृत भइसकेको संघीय बजेट वा कोषबाट केही रकम फिर्ता लिने वा खारेज गर्ने प्रस्ताव हो ।

जसअनुसार पहिल्यै स्वीकृत गरिएको ९.४ बिलियन डलर संघीय कोष कटौती गरिनेछ । यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आएको थियो । सबै रिपब्लिकन सांसदहरूलाई उनले पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

प्रस्तावको पक्षमा २ मत बढी परेको छ । विक्षमा २१२ मत परेको छ । चार रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूसँग मिलेर यसको विरोधमा मतदान गरेका थिए ।

८.३ बिलियन डलर विदेशी सहायता कार्यक्रमहरूबाट फिर्ता लिइने छ । १.१ बिलियन डलर सार्वजनिक प्रसारण संस्था बाट कटौती गरिनेछ । जसले एनपीआर र पीबीएस जस्ता संस्थाहरूलाई सहयोग प्रदान गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कटौतीको सिफारिस ट्रम्प प्रशासनको डिपार्टमेण्ट अफ गभरमेण्ट इफिसियन्सीले ले गरेको हो । जसको नेतृत्व प्रविधि उद्यमी एलन मस्क ले गरेका थिए।
रिपब्लिकन सभामुख माइक जोनसन (लुइजियाना) ले यसलाई संघीय खर्चमा अनुशासन ल्याउने सुरुवातको रूपमा चित्रण गरेका छन ।

पारित भएको यो प्याकेज करदाताको हितमा खर्चलाई पारदर्शी र जिम्मेवार बनाउने दिशातर्फ निर्णायक कदम भएको उनले पत्रकारहरूलाई भनेका छन ।

डोजको निष्कर्षलाई कानुनी रूपमा स्थापित गर्दै करदाताको पैसा सही ठाउँमा लगानी गर्न रिपब्लिकनले अझ धेरै यस्ता पहलहरू ल्याउने उनले दावी गरेका छन ।

यो विधेयक सेनामा ६० मतको सीमा को अधीनमा भने पर्दैन । त्यसैले रिपब्लिकनहरूले केवल पार्टी लाइनमा पनि पास गराउन सक्छन्। तर केही रिपब्लिकन सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

सेन। लिसा मुर्कोव्स्कीले सार्वजनिक प्रसारणमा कटौतीले अलास्काका ग्रामीण क्षेत्रहरूमा सूचना प्रणाली र आपतकालीन चेतावनी सेवा ध्वस्त पार्न सक्ने चेतावनी दिइन्।
हाउस अल्पसंख्यक नेता हाकिम जेफ्रीज ले प्रस्तावलाई ‘अविवेकी’भन्दै राष्ट्रको सुरक्षा कमजोर बनाउने आरोप लगाए।

“रिपब्लिकनहरूले चरम विचारधारात्मक उद्देश्य पुरा गर्न विदेशी सहायता, सार्वजनिक प्रसारणजस्ता आवश्यक कार्यक्रमहरू समाप्त गर्न खोजिरहेका छन्,” जेफ्रीजले भने।

यो कटौती प्याकेजले संघीय बजेटमा केही बचत गरे पनि, यसले विदेशी सम्बन्ध, जनस्वास्थ्य कार्यक्रम, र ग्रामीण सञ्चार माध्यमहरूमा गहिरो असर पार्ने सम्भावना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com