यसरी भरे पर्नसक्छ डिभी, अमेरिकी सरकारबाट २७ पेज लामो नेपाली भाषाकै निर्देशिका


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

सन् २०१९ को डिभी लोटरी खुलिसकेको छ । अक्टोबर ३ तारिख अर्थात् मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि डिभी लोटरी खुलिसकेको छ भने नोभेम्बर ७ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म सन् २०१९ को डिभी लोटरी भर्न सकिने भएको छ ।

यसैबीच अमेरिकी सरकारले नेपाली भाषामा नै डिभी लोटरी २०१९ बारे २७ पेज लामो निर्देशिका जारी गरेको छ । निर्देशिकामा डिभी लोटरीबारे कैयन प्रश्नको उत्तर दिइएको छ भने डिभी लोटरी भर्ने सही तरिका पनि सिकाइएको छ ।

२७ पेज लामो नेपाली भाषाको निर्देशिकाको पूर्ण पाठ

डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका लागि अन्तिम समय सम्म नकुर्न अमेरिकी सरकारको विदेशमन्त्रालयले सुचित गरेको छ । अन्तिम समयसम्म कुर्दा कम्प्युटर ओभरलोड भई ढिलाई हुने र आवेदन दर्ता नहुने सम्भावना समेत रहने भएकाले डिभी लोटरीका लागि अन्तिम समयसम्म नकुर्न सुचित गरिएको हो ।

आगामी अक्टोबर ३ तारिखदेखि नोभेम्बर ७ सम्म भरिने डिभी लोटरीको नतिजा सन् २०१८ को मे १ तारिखबाट आउन थाल्नेछ भने विजेताहरुले सन् २०१८ को अक्टोबर १ बाट भिसा प्राप्त गर्न थाल्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com