अमेरिकी हिरासतमा रहेका खलीललाई डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई अदालतको रोक


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई महमुद खलीललाई निर्वासन वा थुनामा राख्न रोक लगाएका छन ।

न्यूयोर्कमा संघीय न्यायाधीशले निर्णय सुनाउँदै ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलीललाई देश निकाला गर्न र थुनामा राख्न रोक लगाएका हुन ।

तर न्यायाधीश माईकल फर्बियार्जले आफ्नो निर्णयमा १३ जुनको बिहानसम्मको लागि यो रोक लगाएका बताएका छन् । यो सिमितताले संघीय सरकारलाई अपिल गर्न समय दिएको छ । त्यस अवधिसम्म खलील हिरासतमा नै रहनेछन्।

३० वर्षीय खलील एकजना वैध स्थायी आवास अर्थात ग्रीन कार्ड प्राप्त अमेरिकी बासिन्दा हुन् । न्यायाधीश फर्बियार्जले आफ्नो लिखित आदेशमा उनलाई हिरासतमा राख्न वा देश निकाला गर्न कुनै बलियो कारण छैन भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चमा न्यूयोर्कस्थित आफ्नो घरबाट पक्राउ परेका खलीललाई लुइसियानास्थित एक हिरासत केन्द्रमा राखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजा युद्धविरुद्ध प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै कडाइ गरेको नीति अन्तर्गत खलील पक्राउ परेका थिए।

खलीलको गिरफ्तारीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि र अप्रिलमा उनी हिरासतमा रहँदा उनको सन्तान जन्मिएको खबरले यो मुद्दाले राष्ट्रिय चर्चा बनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खलीलको उपस्थितिले अमेरिकी विदेश नीतिमा असर पार्ने दाबी गर्दै उनलाई देशनिकाला गर्नुपर्ने बताएका थिए । तर न्यायाधीश फर्बियार्जले उक्त दाबीको आधारमा उनलाई थुनामा राख्न वा देश निकाल्न सकिने भनेर शंका व्यक्त गरेका छन्।

उनले थप लेखेका छन्, “खलीलको करियर र प्रतिष्ठामा क्षति पुगेको छ, र उनको अभिव्यक्ति स्वतन्त्रता दमन गरिएको छ — जुन अपूरणीय क्षतिमा पर्छ।” साथै, उनले यो मुद्दामा खलीलको जीत हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

संघीय सरकारले यस आदेशविरुद्ध अपिल गर्ने सम्भावना छ। खलीलका कानूनी प्रतिनिधि अमेरिकन सिभिल लिबर्टिज युनियन ले यो निर्णयलाई ऐतिहासिक विजयको रूपमा स्वागत गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com