चीन-अमेरिका व्यापार सम्झौता अन्तिम स्वीकृतिको चरणमा, ट्रम्पले दिए यस्तो प्रतिक्रिया


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

In this photo released by Xinhua News Agency, Chinese Vice Premier He Lifeng, center right, and U.S. Treasury Secretary Scott Bessent, center left, pose for a group photo with delegations before their meeting to discuss China-U.S. trade, in London, Monday, June 9, 2025. (Li Ying/Xinhua via AP)

अमेरिका र चीनबीच लामो समयदेखि चल्दै आएको व्यापार विवाद अन्ततः सम्झौतामा परिणत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौता ‘अन्तिम स्वीकृतिको अधीनमा पूरा भइसकेको’ घोषणा गरेका छन्।

ट्रम्पले मंगलबार राति ट्रुथ सोसियलमा लेख्दै भने, “हाम्रो चीनसँगको सम्झौता राष्ट्रपति सी जिनपिङ र मेरो अन्तिम स्वीकृतिको अधीनमा पूरा भएको हो।” उनले दुवै देशबीचको सम्बन्धलाई “उत्कृष्ट” पनि बताएका छन्।

ट्रम्पले स्पष्ट पारेअनुसार अमेरिकाले यो सम्झौता अन्तर्गत चिनियाँ वस्तुहरूमा कुल ५५ प्रतिशत महसुल लगाउनेछ भने चीनले अमेरिकी वस्तुहरूमा १० प्रतिशत महसुल कायम राख्नेछ। उनले चीनले अमेरिका तर्फ ‘पूर्ण चुम्बकीय खनिज र आवश्यक दुर्लभ खनिज’ अग्रिम रूपमा आपूर्ति गर्ने पनि उल्लेख गरे।

“त्यसैगरी हामीले पनि चीनलाई सहमति अनुसारका वस्तुहरू उपलब्ध गराउनेछौं,” ट्रम्पले भने। “यसमा चिनियाँ विद्यार्थीहरूले हाम्रा कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने अधिकार पनि समावेश छ (र त्यो सधैं मलाई मन पर्ने विषय हो !)”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि चिनियाँ सरकारी सञ्चारमाध्यम शिन्ह्वाले बुधबार बिहान लन्डनमा भएको दुई दिवसीय वार्ताका क्रममा चीन र अमेरिका बीच व्यापार सम्झौताको ूफ्रेमवर्कू मा सहमति भएको जानकारी दिएको थियो। यद्यपि चीनले सम्झौताका थप विवरण तत्काल सार्वजनिक गरेको थिएन।

अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकले मंगलबार राति पत्रकारहरूसँग कुरा गर्दै यसलाई “ढाँचाका लागि भएको हात मिलाउने सम्झौता” भनेका थिए। उनका अनुसार अब राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङले सम्झौतालाई अन्तिम रूप दिनु पर्नेछ।

लुटनिकले भने, “एकपटक त्यो प्रक्रिया सम्पन्न भएपछि हामी फेरि फोन वार्तामा जुट्नेछौं र सम्झौताको कार्यान्वयन सुरु गर्नेछौं।” उनले थपे, “दुनियाँका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू ढाँचाका लागि हात मिलाएका छन्।”

लन्डनमा भएको दुई दिनको वार्ता यसअघि जिनेभामा सम्पन्न पहिलो चरणको वार्ता र ट्रम्प र सीबीचको फोन वार्तापछि भएको हो। यी सबै घटनाक्रमहरू राष्ट्रपति ट्रम्पले चिनियाँ वस्तुहरूमा उच्च महसुल लागू गरेपछि सुरु भएका थिए।

चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख उप-प्रधानमन्त्री हे लिफेङले वार्तापछि भनाइ दिएका छन्, “दुई देशबीचको विवाद बराबरी संवाद र पारस्परिक लाभमा आधारित सहकार्यबाट समाधान हुनुपर्छ।”

चिनियाँ भाषाको समाचार स्रोतका अनुसार उनले केही कडा शब्दमा अमेरिकी प्रतिनिधिहरूलाई चेतावनी पनि दिएका थिए। “व्यापार युद्धमा कोही विजेता हुँदैन,” उनले भनेका थिए, “चीन लड्न चाहँदैन, तर डराउँदैन पनि।”

यो सम्झौता अहिलेको अवस्थामा एउटा ‘फ्रेमवर्क’ ९ढाँचा० मात्र हो, जसलाई ट्रम्प र सी जिनपिङको औपचारिक अनुमोदनपछि कार्यान्वयनमा ल्याइनेछ । विश्लेषकहरूका अनुसार, केही संवेदनशील विषयहरूमा दुवै नेताले आफ्ना वार्ता टोलीहरूलाई अन्तिम निर्णयको अधिकार दिएका थिएनन्।

यस व्यापार सम्झौताले चीन–अमेरिका सम्बन्धमा नयाँ युगको सुरुवात गर्ने अनुमान गरिएको छ, जुन विगत केही वर्षदेखि व्यापार युद्ध, महसुल वृद्धिको आरोप–प्रत्यारोप र द्वन्द्वपूर्ण कूटनीतिक सम्बन्धले ग्रस्त थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com