न्युजर्सीमा अध्यागमन सेमिनार, केशव सेडाई र युएससीआईएसमा काम गरेका उच्च अधिकारी मुख्य वक्ता


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

न्युजर्सीमा विशेष अध्यागमन सेमिनार हुने भएको छ । सेमिनारमा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाई लगायत युएससीआईएसमा उच्च तहमा काम गरेका अधिकारीहरु मुख्य वक्ता रहेका छन् । आगामी अक्टोबर २६ मा न्युजर्सीको रोयल अल्बर्ट प्यालेसमा हुने सेमिनारका मुख्य वक्ता डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी युएससीआईएसका पूर्व अध्यागमन सेवा विशेषज्ञ एन्थोनी कोजिएल रहेका छन् । अन्य मुख्य वक्तामा कानुन व्यवसायी केशवराज सेडाई र इमिग्रेशन एण्ड नेचुरलाइजेशन सर्भिसमा एक्जुकेटिभ एसोसिएट्स कमिश्नरका रुपमा काम गरेका विलियम स्लाटेरी रहेका छन् । कार्यक्रम विहान १० बजेदेखि ४ बजेसम्म हुने भएको छ ।

एचवानबीमा हजारौं कम्पनीहरुले युएससीआईएसबाट थप कागजातको मागसहितका पत्रहरु प्राप्त गरिरहेको सन्दर्भमा यो सेमिनारले त्यसबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ । कार्यक्रममा एचवान बी लगायत वर्तमान अध्यागमन कानुनको अवस्थाबारे स्पष्ट पारिने भएको छ । कार्यक्रममा सहभागी हुनका लागि पहिले नै दर्ता गर्नुपर्ने र दर्ता शुल्क २ सय डलर तोकिएको आयोजकले जानकारी दिएका छन् । दर्ता भएका व्यक्तिले स्वीकृति प्राप्त गरिसकेपछिमात्र कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

ल अफिस अफ केशव राज सेडाई पीसीले  गर्ने  कार्यक्रमबारे थप जानकारी र सहभागिताका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com