ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा जुलाईका लागि सामान्य अग्रता कायम भएको छ । मंगलबार सार्वजनिक भिसा बुलेटिन अनुशार जुनमा १ फेबु्रअरी २०२५ अगाडि प्राथमिकता मिति भएकाहरुले यो श्रेणीमा ग्रिनकार्ड आवेदन फाइल गर्नसक्ने भएकोमा जुलाईमा भने १ मार्च २०२५ भन्दा अगाडि आई १३० आवेदन दिएका अर्थात् प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

त्यस्तै अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि समान्य परिवर्तन भएको छ । १ जुन २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले जुन महिनामा ग्रिनकार्ड आवेदन दिन सक्ने भएकोमा जुलाईमा ८ सेप्टेम्बर २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । यद्यपी यो श्रेणीमा ग्रिनकार्ड प्रकृया लामो समय लाग्ने भएकाले अमेरिकाभित्रै बसेर ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा गर्नेहरु निकै कम छन् ।

परिवारमा आधारित अन्य श्रेणीमा भने ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ। अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा  अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति जुलाईमा पनि क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ नै रहेको छ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीबाहेक परिवारमा आधारित सबै श्रेणीमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । अमेरिकाबाहिर भिसा अन्तरवार्ताको प्रतिक्षा गरेर बसेकाहरुले प्राथमिकता मितिका आधारमा आगामी जुलाईमा भिसा अन्तरवार्ताहरु प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२१ वर्ष वा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीका सन्दर्भमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउने प्राथमिकता मिति जुलाईका लागि १५ जुलाई २०१६ कायम भएको छ । यो मिति जुनका लागि ८ जुन २०१६ थियो । अर्थात् १५ जुलाई २०१६ अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै ग्रिनकार्ड वाहकका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरीले भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउने मितिमा पनि अग्रता कायम भएको छ । त्यसका लागि जुलाईमा प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ कायम भएको छ । जुनमा यो मिति १ जनवरी २०२२ रहेकोमा जुलाईका लागि ८ महिनाको अग्रता कायम भएको छ । अर्थात् यो श्रेणीमा १ सेप्टेम्बर २०२२ अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै ग्रिनकार्ड वाहकका २१ वर्ष वा माथिका अविवाहित छोराछोरीले भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउने मितिमा पनि अग्रता कायम भएको छ । त्यसका लागि जुलाईमा प्राथमिकता मिति १५ अक्टोबर २०१६ कायम भएको छ । यो मिति जुनका लागि २२ सेप्टेम्बर २०१६ रहेको छ । अर्थात् यो श्रेणीमा १५ अक्टोबर २०१६ अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउने मितिमा केही अग्रता कायम भएको छ । जुलाईमा यो श्रेणीको प्राथमिकता मिति १ अगस्त २०११ कायम भएको छ । जुनमा यो मिति २२ जुन २०११ रहेकोमा जुलाईका लागि १ महिनाभन्दा बढी अग्रता कायम भएको छ । यो श्रेणीमा १ अगस्त २०११ अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

तर अमेरिकी नागरिकका दाजुभाइ र दिदीबहिनीहरुका सन्दर्भमा भने कुनै टसमस भएको छैन । उनीहरुका लागि प्राथमिकता मिति जुनमा १ जनवरी २००८ रहेकोमा जुलाईका लागि पनि सोही मिति नै कायम छ । जुलाईमा १ जनवरी २००८ अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् । यी प्राथमिकता मितिहरु चीन, भारत, मेक्सिको र फिलिपिन्सबाहेक नेपाल लगायतका विश्वका देशहरुका सन्दर्भमा लागु हुनेछन् । यद्यपी भिसा बुलेटिन अनुशार भिसा अन्तरवार्ता पाउन योग्य भएतापनि दूतावासहरुमा रहेको चर्को ब्यागलगका कारण आवेदकहरुलाई भिसा अन्तरवार्ताको मिति पाउन भने मुस्किल पर्ने गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com