दाजुभाइ-दिदीबहिनीबाहेक परिवारमा आधारित सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अमेरिकी नागरिकका दाजुभाइ-दिदीबहिनीबाहेक परिवारमा आधारित सबै आप्रवासी भिसा श्रेणीमा अन्तरवार्ता (भिसा मिति) पाउने मितिमा अग्रता कायम भएको छ । बुधबार प्रकाशित जुलाईको भिसा बुलेटिनअनुसार ‘फाइनल एक्सन डेट’ मा प्रगति भएको देखिन्छ। अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूले अब प्राथमिकता मितिको आधारमा जुलाई महिनामा भिसा अन्तरवार्ता पाउने सम्भावना बढेको छ।

२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा जुलाई महिनाका लागि प्राथमिकता मिति १५ जुलाई २०१६ कायम गरिएको छ। जुन महिनाको मिति ८ जून २०१६ थियो। अर्थात्, १५ जुलाई २०१६ भन्दा अगाडि आई-१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले जुलाईमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउनेछन्।

त्यस्तै, ग्रिन कार्ड वाहकका जीवनसाथी र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा पनि अग्रता कायम भएको छ। जुलाई महिनाका लागि प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ तोकिएको छ, जुन महिनाको मिति १ जनवरी २०२२ थियो। यसअनुसार ८ महिनाको प्रगति भएको छ। यस श्रेणीमा १ सेप्टेम्बर २०२२ भन्दा पहिला आई-१३० पिटिसन दर्ता गरिएकाहरूले भिसा अन्तरवार्ता पाउनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि जुलाईको प्राथमिकता मिति १५ अक्टोबर २०१६ कायम गरिएको छ, जुन महिनामा यो मिति २२ सेप्टेम्बर २०१६ थियो। यसअनुसार, १५ अक्टोबर २०१६ भन्दा अगाडि आई-१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले भिसा प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि भिसा मितिमा केही अगाडि बढाइएको छ। जुलाई महिनाको लागि प्राथमिकता मिति १ अगस्ट २०११ कायम गरिएको छ, जुन महिनामा २२ जुन २०११ थियो। त्यसैले १ अगस्ट २०११ भन्दा अगाडि आई-१३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई भिसा अन्तरवार्ता मिल्नेछ।

तर अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा भने कुनै परिवर्तन भएको छैन। उनीहरूका लागि प्राथमिकता मिति १ जनवरी २००८ कायम गरिएको छ, जुन अघिल्लो महिनाको मिति पनि यही थियो। तसर्थ, १ जनवरी २००८ भन्दा अगाडि आई-१३० पिटिसन दर्ता भएकाहरूले मात्र भिसा अन्तरवार्ता पाउनेछन्।

यी प्राथमिकता मितिहरू चीन, भारत, मेक्सिको र फिलिपिन्सबाहेक अन्य देशहरू, जस्तै नेपालका लागि लागू हुनेछन्। यद्यपि, भिसा बुलेटिनअनुसार मिति योग्य भए पनि अमेरिकी दूतावासहरूमा उच्च ब्याकलॉगका कारण धेरै आवेदकहरूलाई अन्तरवार्ताको मिति पाउन कठिन भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com