रुस युक्रेन युद्धको असर : परिवार पुनर्मिलनको आशामा, शव आउने हो कि भन्ने त्रास कायमै


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

फाइल तस्बिर

युक्रेन र रसियाबीच कैदीहरूको अदलाबदलीको योजना अन्तर्गत बेपत्ता युक्रेनी सैनिकहरूको परिवार बेलारुस सीमावर्ती क्षेत्रमा भेला भएका छन । अधिकांशको अनुहार चिन्ताले भरिएको थियो।

कोही पुनर्मिलनको आशामा थिएनन्, तर वर्षौंको प्रतिक्षापछि कम्तीमा केही जानकारी पाउने आशामा उनीहरु त्यहाँ आएका थिए।

गत हप्ता टर्कीमा भएका प्रत्यक्ष वार्ताहरूमा युक्रेन र रसियाले गम्भीर घाइते र बिरामी युद्धबन्दी, २५ वर्ष मुनिका सैनिकहरू, र करिब १२ हजार सैनिकहरूको शव साटासाट गर्ने सहमति गरेका थिए।

युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्कीले यो प्रक्रिया ‘धेरै चरणहरूमा’ सम्पन्न हुने बताएका छन्। टेलिग्राममार्फत उनले लेखे, ‘यो प्रक्रिया निकै जटिल छ, धेरै संवेदनशील पक्ष छन्, र वार्ता लगभग दैनिक भइरहेका छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसियाको रक्षा मन्त्रालयका अनुसार “२५ वर्ष मुनिका पहिलो समूहका रूसी सैनिकहरूलाई कीभ नियन्त्रणमा रहेका क्षेत्रहरूबाट फर्काइएको” छ र युक्रेनतर्फ पनि “त्यही संख्यामा सैनिकहरू फर्काइएको” बताइएको छ।

यद्यपि, दुवै पक्षले साटिएका सैनिकहरूको ठ्याक्कै संख्या खुलाएका छैनन्। फेरि फर्किएका रूसी सैनिकहरूलाई बेलारुसमा स्वास्थ्य र मानसिक उपचार दिइएको बताइएको छ ।

कीभका अधिकारीहरूका अनुसार सोमबार फर्किएका केही युक्रेनी कैदीहरू युद्धको सुरुदेखि नै रूसी कब्जामा थिए । युद्धले उनीहरुको परिवारमा ठूलो प्रभाव पारेको छ। फिर्ता गरिएका केही सैनिकहरू दुब्ला देखिन्थे।

उनीहरूको स्वास्थ्य अवस्था निकै खराब छ। पर्याप्त खाना पनि पाएका थिएनन्। उनीहरूलाई लामो पुनःस्थापनाको आवश्यकता छ। गत हप्ता रसिया र युक्रेनले एकअर्कालाई मृत सैनिकहरूको शव साटासाटमा अवरोध पुर्याएको आरोप लगाए।

रसियाले १ हजार युक्रेनी सैनिकहरूको शव साटासाटको स्थानमा ल्याएको दाबी गरे पनि युक्रेनी अधिकारीहरू नआएको बतायो । युक्रेनले भने रसियाले सहमति अनुसार काम नगरेको आरोप लगाउदै आएको छ ।

मे महिनाको अन्त्यमा दुबै पक्षले ३९० सैनिक र नागरिकहरू साटासाट गरेका थिए । जुन हालसम्मकै ठूलो आदानप्रदान हो । यसबीच युद्ध निरन्तर चलिरहेको छ । आइतबार राति रसियाले युक्रेनमा ४७९ ड्रोन प्रहार गरेको छ ।

युक्रेनले पनि रूसको निज्नी नोभगोरोड क्षेत्रमा रहेको हवाई बेसमा आक्रमण गरेको बताएको छ । यो बेस ४०० माइल टाढा रहेको र यहाँबाट हाइपरसोनिक मिसाइल प्रक्षेपण हुने बताइएको छ ।

युक्रेनका अनुसार उक्त हवाई बेसमा दुई विमानलाई क्षति पुर्याइएको छ । उक्त कारखानामा भएको ठूलो आगलागीको भिडियो सार्वजनिक भएको छ । कारखानाको उत्पादन रोकिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com