ट्रम्पको कार्यकाल सुरु भएपछि सीबीपीले विमानस्थलमा रोक्यो ४७ जना नेपाली


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

ट्रम्प प्रशासनले ४ महिनामा ४७ जना नेपालीहरुलाई अमेरिकी विमानस्थलहरु लगायतका पोर्ट अफ इन्ट्रीमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ । उनीहरुलाई अमेरिका प्रवेशका लागि अयोग्य भएको आशंकामा रोकिएको हो ।

सीबीपीको पछिल्लो रेकर्ड अनुशार फेब्रुअरीमा १४ जना, मार्चमा ६ जना, अप्रिलमा २१ जना र मे महिनामा ६ जना नेपालीहरुलाई अमेरिका प्रवेशका लागि अयोग्य भएको आशंकामा विमानस्थल लगायतका पोर्ट अफ इन्ट्रीमा रोकिएको थियो । तीमध्ये कैयन नेपालीहरु भिसा आवेदन फिर्ता लिएर विमानस्थलबाटै स्वेदश फर्किएका थिए ।

फेब्रुअरीमा रोकिएका १४ जनामध्ये ६ जनालाई सीबीपीले अमेरिकाभित्र परोल गरेको थियो भने ४ जना क्रु मेम्बरहरु थिए । ३ जनाले आफ्नो भिसा फिर्ता लिएर विमानस्थलबाटै फर्किएका थिए भने १ जनालाई तीब्र गतिको देशनिकालामा राखिएको थियो । उनीहरुमध्ये १ जना ग्रिनकार्डवाहक समेत थिए भने २ जना क्रु मेम्बरहरुलाई विमानबाटै हिराशतमा लिइएको थियो ।

त्यस्तै मार्चमा रोकिएका ६ जनामध्ये ४ जनाले भिसा फिर्ता लिएर विमानस्थलबाटै फर्किएका थिए भने २ जना क्रु मेम्बरहरु थिए । अप्रिलमा रोकिएका २१ जनामध्ये १८ जनाले भिसा फिर्ता लिएर विमानस्थलबाटै स्वेदश फर्किएका थिए भने १ जनालाई तीब्र गतिको देशनिकालामा राखिएको थियो । अन्य २ जना क्रु मेम्बरहरु थिए । कुल २१ मध्ये जना १९ जना अमेरिका प्रवेशका लागि आवेदन दिएका अन्य प्रकारका नेपाली आप्रवासीहरु रहेको सीबीपीले जनाएको छ । त्यस्तै मे महिनामा रोकिएका ६ जनामध्ये ३ जनाले भिसा फिर्ता लिएका थिए भने ३ जना क्रु मेम्बरहरु थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत अक्टोबरदेखि सुरु भएको चालु आर्थिक बर्षमा मे महिनासम्म कुल २०० जना नेपालीहरुलाई विमानस्थल लगायतका पोर्ट अफ इन्ट्रीमा रोकिएको थियो । उनीहरुमध्ये ५ जना ग्रिनकार्डवाहक रहेका थिए भने ३७ जना विमान वा पानीजहाजका कर्मचारीहरु थिए । एकजना एसाइली समेत रहेका थिए । १५३ जना अन्य भिसा वाहकहरु रहेको जनाइएको छ ।

तीमध्ये १३९ जनाले आफ्ना भिसा फिर्ता लिएर विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका प्रवेश नगरी स्वदेश फर्केका थिए भने १२ जनालाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएको थियो । ११ जनालाई सीबीपीले परोल गरेर अमेरिका प्रवेश गर्न दिएको थियो भने ६ जनालाई देशनिकालाको प्रकृया आगाडि बढाउन अदालतमा नोटिस टु अपियर जारी गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com