लस एन्जलसमा ट्रम्पले उत्तेजक कदम चालेको डेमोक्र्याटको आरोप


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकामा डेमोक्र्याट नेताहरूले सैनिक शैलीमा सुसज्जित आइस अधिकारीहरूले उत्तेजक कदम चालेको आरोप लगाएका छन । आइसद्वारा रेस्टुरेन्ट र पसलमा सर्वसाधारणलाई पक्राउ गर्नुलाई डेमोक्र्याट नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तेजक कदम भनेका हुन ।

राष्ट्रपतिले यसरी हस्तक्षेप गर्नु भनेको परम्पराको उल्लंघन मात्र नभएर परिस्थिति झन् बिगार्ने कार्य भएको डेमोक्र्याट नेताको भनाई रहेको छ ।

धेरै प्रदर्शनहरू शान्तिपूर्ण भएपनि राष्ट्रपति आफैंले अव्यवस्था फैलाइरहेका उनीहरुको आरोप रहेको छ । उनीहरुले कानुनी प्रक्रिया अनुसार उपस्थित हुने आप्रवासीहरूलाई समेत पक्राउ गरिएको बताएका हुन ।

अमेरिकामा गर्मी महिनामा प्रदर्शनहरू हुने गरेको परम्परा लामो छ । ट्रम्पको दोस्रो कार्यकालको पाँचौँ महिनामा यी प्रदर्शनहरू छुट्टै घटना होलान् वा गम्भीर अस्थिरताको सुरुवात मात्रै हुने हो भन्न सकिने अवस्था छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वर्ष चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बामपन्थी ‘अव्यवस्था’लाई सडकमा सहन नहुने चेतावनी दिएका थिए । यस्तो अवस्था आउँदा राष्ट्रपति पदको सम्पूर्ण अधिकार प्रयोग गर्ने वाचा त्यस बेला नै गरेका थिए।

शनिबार राति क्यालिफोर्नियामा आप्रवासन तथा भन्सार प्रवर्तन आइस विरुद्ध भएको प्रदर्शनले ट्रम्पलाई उक्त वाचामा कार्यान्वयन गर्ने उपयुक्त अवसर दिएको छ ।

यद्यपि लस एन्जलस प्रहरी विभागका अनुसार प्रदर्शनहरू अधिकांश शान्तिपूर्ण थिए । स्थानीय अधिकारीहरूले हिंसात्मक घटनालाई नियन्त्रणमा लिने क्षमता भएको बताएका छन ।

तर ट्रम्प प्रशासनका अधिकारीहरूले भने आइस अधिकारीहरूलाई लक्षित गरेर आक्रमण गरिएको र स्थानीय प्रहरीले ढिला प्रतिक्रिया दिएको आरोप लगाउदै नेशनल गार्ड सैनिकलाई परिचालन गरेको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमको आपत्तिपछि पनि राष्ट्रपति ट्रम्पले २ हजार नेशनल गार्ड परिचालन गरेका छन । रक्षामन्त्री पिट हेगसेथले अमेरिकी मरीनहरूलाई समेत ‘हाइ अलर्ट’मा राखिएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com