ट्रम्प-मस्क विवाद : यसरी चिसियो सम्बन्ध, संवाद योजना रद्द


प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलन मस्कबीच गहिरो विवाद चुलिएको छ। राष्ट्रपति ट्रम्पले मस्कसँग कुराकानी गर्न इच्छुक नरहेको एक ह्वाइट हाउस अधिकारीले शुक्रबार पुष्टि गरेका छन्। कर कटौती तथा खर्चसम्बन्धी विधेयकलाई लिएर सुरु भएको मतभेदले दुई पूर्व नजिक सहयोगीलाई आज पूर्णतया अलग पारेको छ।

ह्वाइट हाउस स्रोतका अनुसार, शुक्रबारका लागि ट्रम्प र मस्कबीचको संवाद योजना रद्द गरिएको छ। मस्कले ट्रम्पको आर्थिक नीतिको कडा आलोचना गरेपछि सम्बन्ध चिसिएको हो। ट्रम्पले सीएनएनसँग कुरा गर्दै भने, “म त एलनको बारेमा सोचिरहेको पनि छैन। बिचरा, उसलाई समस्या छ।”

बिहीबार दिनभर दुबैले सामाजिक सञ्जालमार्फत एकअर्कालाई कटाक्ष गरे। ट्रम्पले ट्रुथ सोशलमा लेखे, “म मस्कप्रति निकै निराश छु। हाम्रो राम्रो सम्बन्ध थियो, अब रहन्छ कि रहँदैन थाहा छैन।”

मस्कले एक्समा लेखे, “ट्रम्प म बिना चुनाव जित्थेनन् ।” उनले ट्रम्पको कर विधेयकलाई “घिनलाग्दो कुरूपता” भन्दै आलोचना गरे । साथै, ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार टेस्लाको सेयर मूल्य १४ प्रतिशतले गिरावट आयो, जसबाट कम्पनीले झन्डै १५० अर्ब डलर मूल्य गुमायो । यो टेस्लाको इतिहासकै सबैभन्दा ठूलो एकदिने गिरावट हो। तर, शुक्रबार बजार खुल्दा टेस्लाको सेयर ४ दशमलव ५ प्रतिशतले पुनः उकालो लागेको देखियो।

मस्कले ट्रम्पको राष्ट्रपति चुनावमा लगभग ३०० मिलियन डलर खर्च गरेका थिए र त्यसपछि उनलाई संघीय खर्च र कर्मचारी कटौतीको नेतृत्व गर्न ह्वाइट हाउसमा ल्याइएको थियो।

तर, पछिल्लो समय मस्कले कर कटौती विधेयकलाई “राष्ट्रिय ऋणमा थप भार पार्ने” भन्दै खारेज गर्न माग गर्दै आएका छन्। अमेरिकी ऋण अहिले ३६ दशमलव २ ट्रिलियन पुगेको छ।

विधेयक प्रतिनिधिसभाबाट संकुचित मतले पारित भइसकेको छ तर अब सिनेटमा विचाराधीन छ। रिपब्लिकनहरू संशोधन गर्ने तयारीमा छन्। स्वतन्त्र विश्लेषकहरूको अनुमानमा यो विधेयकले १० वर्षमा थप २ दशमलव ४ ट्रिलियन ऋण बढाउनेछ।

प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भनेका छन्, “म उनलाई रकेट बनाउने विषयमा सुझाव दिन्न, उनी पनि कानुन निर्माणको मामिलामा मलाई सुझाव नदिउन।”

ट्रम्पले मस्कसँग रहेका सरकारी सम्झौताहरू (जस्तै: स्पेसएक्स र स्टारलिंक) रद्द गर्ने चेतावनी दिएका छन्। जवाफमा मस्कले अन्तरिक्ष यात्री पठाउन प्रयोग हुने यानलाई निष्क्रिय बनाउने धम्की दिएका थिए, यद्यपि पछि उनले यो कदम फिर्ता लिएका छन्।

बिलियनेयर लगानीकर्ता बिल एकम्यानले “ट्रम्प र मस्कले मेलमिलाप गर्नुपर्छ” भनेपछि मस्कले “तपाईं गलत हुनुहुन्न” भनेर प्रतिक्रिया दिएका छन्। यसले केही हदसम्म सम्बन्ध सहज हुन सक्ने संकेत दिएको छ।

मस्कले राजनीतिक खर्च कटौती गर्ने घोषणा गरिसकेका छन् र आगामी वर्ष “अमेरिकी जनतालाई धोका दिने सबै राजनीतिज्ञहरूलाई हटाउनु पर्छ” भन्ने अभिव्यक्ति दिएका छन्। यदि उनले समर्थन रोके वा सिलिकन भ्यालीका अन्य व्यवसायीहरू ट्रम्पबाट टाढिए भने रिपब्लिकनका लागि आगामी वर्षको मध्यावधि चुनावमा संसदमा नियन्त्रण कायम राख्न कठिन हुनसक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com