ट्रम्प-मस्कको सम्बन्धमा दरार : आरोप–प्रत्यारोपमा किन उत्रिए ? घाटा कसलाई ?


प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलन मस्कबीचको लामो समयको अप्रत्याशित राजनीतिक मित्रता बिहीबार सार्वजनिक रूपमा टुटेको छ। ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदान र सम्झौता कटौती गर्ने धम्की दिएपछि, एलन मस्कले उनलाई महाभियोग लगाउनुपर्ने टिप्पणी गरेका छन्। यो घटनाले अमेरिकी राजनीतिक वृत्त र व्यापारिक जगतमा हलचल मच्चाएको छ।

राष्ट्रपति कार्यालयबाटै सुरु भयो हमला
ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै मस्कप्रति ‘गहिरो निराशा’ व्यक्त गरे। उनले भने, “एलन र मेरो सम्बन्ध निकै राम्रो थियो, तर अब त्यो रहन्छ कि रहँदैन, निश्चित छैन।”

त्यसको केही बेरपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल (ट्रुथ सोसल)मा लेखे, “बजेटमा अर्बौं डलर बचाउने सजिलो उपाय भनेको एलनका सरकारी अनुदान र सम्झौता अन्त्य गर्नु हो।”

मस्कको जवाफ : “म बिना ट्रम्पले चुनाव जित्दैन थिए”
यसको जवाफमा एलन मस्कले ट्रम्पको पोस्टका जवाफमा एक्समा लेखे, “म बिना ट्रम्प चुनाव हार्थे।” साथै उनले अर्को पोस्टमा ट्रम्पका व्यापारिक नीतिहरू — विशेषतः ट्यारिफ (आयात कर) ले अमेरिकालाई यसै वर्ष मन्दीमा धकेल्ने चेतावनी पनि दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार साँझ, जब टेस्लाको शेयर मूल्य एकै दिन १४ प्रतिशत भन्दा बढीले घट्यो — करिब १५० अर्ब मूल्य गुमाएर इतिहासमै सबैभन्दा ठूलो गिरावट भयो — त्यसको केही मिनेटमै मस्कले एक पोस्टमा ट्रम्पलाई महाभियोग लगाउनुपर्ने उल्लेख गरिएको पोस्टमा ‘हो’ भनेर सहमति जनाए।

तनावको सुरुवात
यो विवाद केही दिन अघि सुरु भएको हो जब मस्कले ट्रम्पको नयाँ करकटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गरे। उनले उक्त विधेयकलाई “घृणित विकृति” भन्दै संघीय घाटा अझ बढाउने दाबी गरे। ट्रम्प प्रशासनले त्यस विधेयकलाई “बिग, ब्यूटिफुल बिल” भनेर प्रचार गरिरहेको छ।

विश्लेषकहरूका अनुसार, ट्रम्पको विधेयकले हालको ३६.२ ट्रिलियन सरकारी ऋणमा २.४ ट्रिलियनदेखि ५ ट्रिलियनसम्म थप भार पार्न सक्छ।

स्पेसएक्सको भविष्यमा असर
एलन मस्कको स्पेस कम्पनी स्पेसएक्स अमेरिकी अन्तरिक्ष कार्यक्रमको मेरुदण्ड मानिन्छ। बिहीबार, ट्रम्पको धम्कीको प्रतिक्रिया स्वरूप मस्कले आफ्नो (ड्र्यागन स्पेसक्राफ्ट) प्रणाली क्रमशः बन्द गर्ने चेतावनी दिए — जुन हालसम्मको एकमात्र अमेरिकी यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्री पठाउन सक्छ। यद्यपि, राति अबेर मस्कले उक्त घोषणा फिर्ता लिए।

आगामी चुनाव र रिपब्लिकन पार्टीमा असर
मस्कले पछिल्लो निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टीको पक्षमा ३०० मिलियन डलर भन्दा बढी खर्च गरेका थिए। अहिलेको दूरीले आगामी वर्षको मध्यावधि चुनावमा पार्टीको रणनीतिमा असर पार्न सक्ने देखिन्छ।

एक रिपब्लिकन रणनीतिकारले कुरा गर्दै भने, “एलन पछिल्लो चक्रमा जमिनमै काम गर्ने मुख्य शक्ति थिए। यदि उनी यो चुनावमा चुप लागे भने, त्यो निकै चिन्ताजनक हुनेछ।”

यसै सन्दर्भमा, मस्कले केही दिनअघि एक्समा लेखेका थिए, “अर्को वर्ष नोभेम्बरमा हामी सबै राजनीतिज्ञलाई हटाउँछौं, जसले अमेरिकी जनतालाई धोका दिएका छन्।”

टेस्लामा असर
मस्कको राजनीति प्रतिको बढ्दो ध्यान र विवादहरूका कारण टेस्लाका विभिन्न साइटहरूमा विरोध प्रदर्शन भइरहेका छन्। लगानीकर्ताहरू मस्कको ध्यान व्यापारभन्दा राजनीतिमा केन्द्रित भएकोमा चिन्तित छन्। यसैकारण बिहीबारको शेयर बजारमा टेस्लाको मूल्यमा देखिएको गिरावटलाई पनि यसैको असर मानिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com