टीपीएसका कारण एसाइलमको मुद्दा अदालतमा नगई अस्वीकृत भएकाहरूका लागि २ विकल्प


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

के तपाईंको टीपीएस भएका कारण एसाइलमको मुद्दा अदालतमा नगई अस्वीकृत भएको थियो? जसका कारण के तपाईं अब नेपालको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको घोषणापछि चिन्तित हुनुहुन्छ? अमेरिकाको न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीका अनुसार यस्तो अवस्थामा तपाईंका अगाडि २ वटा विकल्पहरू हुन सक्छन्।

हालै खसोखाससँगको कुराकानीका क्रममा जीसीले यस बारे व्याख्या गर्नुभएको थियो। कतिपय टीपीएसवाहकका एसाइलमका आवेदनहरू युएससीआईएसबाट अस्वीकृत भएपछि अदालतमा रिफर गरेर अदालतबाट स्वीकृत भएका उदाहरणहरू समेत भए पनि कतिपयका आवेदन भने युएससीआईएसले अदालतमा रिफर नगरेरै अस्वीकृत गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले त्यस्ता आवेदकका लागि विकल्पहरू सुझाउनुभएको हो।

त्यस्ता व्यक्तिहरूले टीपीएस समाप्त भएपछि एसाइलमका नयाँ आवेदनहरू दिन सक्ने उहाँले बताउनुभएको छ। त्यसो भएमा पहिलेकै प्रक्रियाबाट आवेदन अगाडि बढ्ने र आवेदन अस्वीकृत भएको खण्डमा अध्यागमन अदालतमा रिफर गरिने उहाँको भनाइ छ।

त्यस्तै, टीपीएस समाप्तिपछि आफ्नो टीपीएस समाप्त भएको जानकारी दिएमा वा समाप्त हुनुअगाडि टीपीएसको सुविधा आफूले लिन नचाहने जानकारी दिँदै युएससीआईएस समक्ष आफ्नो आवेदन अदालतमा रिफर गर्नका लागि अनुरोध समेत गर्न सकिने उहाँले जानकारी दिनुभयो। टीपीएसका कारण एसाइलम अन्तर्वार्तापछि पनि अन्तिम निर्णय प्राप्त नगरेकाहरूको सन्दर्भमा पनि टीपीएस समाप्त भएपछि आवेदन अदालतमा रिफर हुने जीसीले बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, पुनः एसाइलम फाइल गर्दा नयाँ वा विश्वसनीय थप प्रमाण र अवस्थाहरू प्रस्तुत गर्नुपर्ने महत्त्वमा कानुन व्यवसायीहरूले जोड दिएका छन्। आवेदकहरूले आफ्नो योग्यता स्पष्ट रूपमा प्रमाणित गर्नुपर्ने र प्रमाणको बोझ उनीहरूमा नै हुने कानुन व्यवसायीहरूको सुझाव छ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार नेपालको टीपीएस समाप्त गर्ने घोषणा गरेपछि अमेरिकामा टीपीएसमा रहेका नेपालीहरू चिन्तित बनेका छन्। टीपीएस समाप्तिको सूचना जुन ६, शुक्रबार प्रकाशित हुनेछ। देशको अवस्थाको समीक्षा र सरकारका एजेन्सीहरूसँग परामर्श गरेपछि टीपीएस खारेज गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

नेपालको टीपीएस सूचना प्रकाशित भएको ६० दिन पछि अर्थात् अगस्ट ५, २०२५ मा राति ११ बजेर ५९ मिनेटमा समाप्त हुनेछ। हाल नेपालको लागि टीपीएसवाहकका साथ अमेरिकामा रहनको लागि अन्य कुनै कानुनी आधार नभएको खण्डमा नेपाल फर्कन तयारी गर्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। अमेरिका छोड्ने विचारमा भएकाले सीबीपी वन मोबाइल एप्लिकेशन प्रयोग गर्न सक्ने होमल्याण्ड सेक्युरिटीको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com