नेपाली टीपीएसवाहक: ५५ सयले लिइसके ग्रिनकार्ड,  देशनिकालाको उच्च जोखिममा १५ सयमात्र


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

टीपीएस खारेज भएपछि देशनिकालाको मुख्य जोखिममा झण्डै १५ सय नेपाली रहेको अनुमान गरिएको छ। उनीहरू अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेर टीपीएसबाट संरक्षित रहेकाहरू हुन्। अगस्त ५ मा नेपालको टीपीएस समाप्त भइसकेपछि उनीहरू देशनिकालाको उच्च जोखिममा पर्नेछन्। अर्थात्, अगस्त ५ पछि अमेरिकी अध्यागमनले फेला पारेको खण्डमा उनीहरूलाई सिधै देशनिकाला गर्न सक्नेछ।

ती बाहेक, थप १३६५ जना नेपालीहरू देशनिकालाको आदेशपछि पनि अमेरिकामा कुनै संरक्षण बिना लुकिछिपी बसिरहेको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले सार्वजनिक गरेको थियो। खासगरी, यो संख्या सन् २०१५ को जुन २४ पछि अमेरिका प्रवेश गरेका र देशनिकालाको आदेश पाइसकेकाहरूको हो। यसरी टीपीएस समाप्त भइसकेपछि देशनिकालाको अग्रपंक्तिमा पर्ने नेपालीहरूको संख्या ३ हजारको हाराहारीमा हुनेछ।

अहिलेसम्म झण्डै ३५ सय नेपालीलाई अमेरिकाको अदालतबाट देशनिकालाको आदेश आइसकेको छ। त्यसमध्ये झण्डै ३ हजार अमेरिकाभित्रै रहेका छन्। नेपालीको टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयसँगै अगस्त ५ पछि झण्डै ३ हजार नेपालीहरू देशनिकालाको योजनाको अग्रपंक्तिमा पर्ने भएका छन्।

उनीहरूले पहिले नै देशनिकालाको आदेश पाइसकेकाले यदि अध्यागमनले पक्राउ गरेको खण्डमा उनीहरूलाई स्वदेश फर्काउनका लागि अरू कुनै अदालती प्रक्रिया पूरा गर्नुपर्ने छैन। तर, टीपीएसले समेटेका अरू झण्डै ६ हजारलाई भने आइसले पक्राउ गर्नासाथ देशनिकाला गर्न सम्भव छैन। उनीहरूमध्ये अधिकांशका एसाइलम वा अन्य आवेदन युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधीन रहेकाले यो अवस्थामा आइसले उनीहरूलाई सिधै देशनिकाला गर्न सम्भव हुनेछैन। युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधीन आवेदन रहेका टीपीएस नहुनेहरूलाई पनि आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सम्भव छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसमा रहेका नेपालीहरूको संख्या अहिले झण्डै साढे ७ हजारमात्र रहेको छ। झण्डै ५० प्रतिशत नेपाली टीपीएस छाडेर अरू स्टाटसमा गइसकेका छन्। त्यसमध्ये ५५ सयले अमेरिकाको ग्रिनकार्ड लिइसकेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

अक्टोबर १२, २०१७ को युएससीआईएसको रिपोर्टअनुसार १४ हजार ७ सय ९१ नेपालीहरूले टीपीएस प्राप्त गरेका थिए। विद्यार्थी भिसामा रहेका १९७० जना नेपालीहरूले टीपीएसका लागि आवेदन दिएका थिए। त्यस्तै, विद्यार्थी भिसावाहकका डिपेन्डेन्ट ३९९ जनाले टीपीएसका लागि आवेदन दिएका थिए। उनीहरूमध्ये कतिपयले पहिले नै टीपीएस छाडिसकेका छन् भने कतिपय पुनः विद्यार्थी भिसा कायम गर्न पनि योग्य हुन सक्छन्।

सन् २०२३ को मार्चसम्म टीपीएसमा रहेका नेपालीहरूको संख्या ८ हजार ५ सय २५ रहेकोमा सेप्टेम्बरसम्म अर्थात् ६ महिनामा घटेर ८१ सयमा झरेको थियो। त्यसपछिको ६ महिनामा अर्थात् २०२४ को मार्चसम्म टीपीएसमा रहेका नेपालीहरूको संख्या अझ घटेर ७८७५ मा झरेको थियो। अहिले सेप्टेम्बर ३०, २०२४ सम्मको रिपोर्टअनुसार स्वीकृत टीपीएसमा रहेका नेपालीहरूको संख्या ७५०५ मा झरेको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com