आइसद्वारा एकैदिन इतिहासकै सर्वाधिक पक्राउ, जीपीएस लगाएकालाई चेकइनमा नियन्त्रणमा


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

अमेरिकी अध्यागमन एजेन्सी आइसले मंगलबार आफ्नो इतिहासमा एकै दिनमा सबैभन्दा धेरै आप्रवासी पक्राउ गरेको छ। मंगलबार २,२०० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको हो। ह्वाइट हाउसले तीव्र रूपमा पक्राउ बढाउनका लागि दबाब दिएपछि आइसले यो कदम चालेको हो।

पक्राउ परेकामध्ये सयौँ व्यक्ति आइसको वैकल्पिक हिरासत कार्यक्रममा सामेल भई जीपीएस लगाएर छाडिएका थिए। यो कार्यक्रमअन्तर्गत आइसले सार्वजनिक सुरक्षाका लागि खतरा नभएका कागजातविहीन आप्रवासीलाई जीपीएस लगाएर रिहा गर्छ। उनीहरूलाई खुट्टामा जीपीएस, स्मार्टफोन एप वा अन्य जियोलोकेटिङ प्रोग्राममार्फत निगरानी गरिनुका साथै आइसका कार्यालयहरूमा नियमित चेक इन गराइन्छ।

केही पक्राउहरू आइसको नयाँ रणनीतिको परिणाम भएको जनाइएको छ। केही आप्रवासीहरूलाई आइसले सामूहिक टेक्स्ट सन्देश पठाएर चेक-इनका लागि तोकिएको समयभन्दा पहिले उपस्थित हुन भनेको थियो। त्यसपछि उनीहरू चेकइनका लागि पुग्दा पक्राउ गरिएको थियो।

बुधबार न्यूयोर्क सिटीको आइसको कार्यालयमा चेक इन गर्न आएका कयौँलाई हतकडी लगाएर चिन्ह नभएका गाडीमा राखिएको थियो। उनीहरूमध्ये केहीलाई परिवारका सदस्यहरूले रुँदै पछ्याएका थिए। मास्क लगाएका आइसका एजेन्टहरूले आप्रवासीहरूलाई हतकडी लगाएर गाडीमा राखेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले आइसको चेकइनमा बोलाइएका नेपालीसहितका आप्रवासीहरू थप चिन्तित भएका छन्। केहीले आफ्नो अपोइन्टमेन्टमा उपस्थित हुने कि नहुने भन्ने सोचिरहेका समेत छन्। आइसको चेकइनमा गएमा हिरासतमा लिने सम्भावना हुने तर चेकइन अपोइन्टमेन्ट छुटाएमा स्वतः देश निकाला हुने भएकाले बीचको बाटो नरहेको कानुन व्यवसायीहरूको भनाइ छ।

आइसले पक्राउ परेकाहरूसँग देश निकालाको अन्तिम आदेश भएको दाबी गरे पनि केही आप्रवासीहरूका वकिलले उनीहरूसँग देश निकालाको अन्तिम आदेश नभएको बताएका छन्। ह्वाइट हाउसले आइसका वरिष्ठ अधिकारीहरूलाई दैनिक ३ हजार आप्रवासी पक्राउ नगरे बर्खास्त गर्ने धम्की दिएको छ।

आइसका पूर्व अधिकारीहरूले भने ट्रम्पले भनेको संख्यामा पुग्न सम्भव नभएको बताएका छन्। आपराधिक इतिहास भएका व्यक्तिहरूमा मात्र केन्द्रित हुँदा उक्त संख्या पुग्न मुस्किल भए पनि आइसले अरूलाई पनि निशाना बनाउन थालेको छ।

गत महिनाको अन्त्यसम्मको डेटा अनुसार २० हजार भन्दा बढीलाई खुट्टामा जीपीएस लगाइएको छ। सोही डेटा अनुसार जीपीएसमा रहेका ९८.५ प्रतिशत व्यक्तिहरू आफ्नो चेक इनमा उपस्थित हुने गरेका छन्। जसले गर्दा आइसलाई पक्राउ संख्या बढाउन सजिलो निशाना बनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com