मेक्सिको डिपोर्ट गरेका ग्वाटेमालाका नागरिकलाई अमेरिकाले ल्यायो फिर्ता


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

मेक्सिको डिपोर्ट गरिएका ग्वाटेमालाका नागरिकलाई अमेरिकाले फिर्ता ल्याएको छ। ट्रम्प प्रशासनले यस मुद्दामा न्यायाधीशको निर्देशन पालना गर्दै उनलाई फिर्ता ल्याएको हो। ट्रम्प प्रशासनले ती आप्रवासीलाई गलत तरिकाले मेक्सिको देशनिकाला गरेको थियो।

उनलाई अमेरिकामा फिर्ता ल्याइए पनि उनको भविष्य भने अनिश्चित रहेको छ। मुद्दा चलिरहँदा उनलाई संघीय हिरासतमा राखिने अपेक्षा गरिएको छ।

गत हप्ता डिपार्टमेन्ट अफ जस्टिसले संघीय न्यायाधीशको आदेशको पालना गर्ने बताएको थियो। मेक्सिको डिपोर्ट गरिएका ती समलिङ्गी पुरुषले अमेरिकी अधिकारीहरूलाई मेक्सिकोमा हिंसा भोगेको र फर्कन डराएको बताएका थिए, तर पनि उनलाई मेक्सिको पठाइएको थियो। यद्यपि अधिकारीहरूले भने उनलाई मेक्सिको पठाउँदा डर नमानेको दाबी गरेका थिए।

तर, अहिले ट्रम्प प्रशासनका अधिकारीहरूले म्यासाचुसेट्सको संघीय जिल्ला अदालतका न्यायाधीश ब्रायन ई मर्फीको निर्देशन पालना गरेर उनलाई फिर्ता ल्याएका हुन्। ह्वाइट हाउसले अन्य आप्रवासन मामिलाहरूमा लिएको अडानका बावजुद उनलाई फिर्ता ल्याइएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधीश मर्फीले गत महिना सरकारलाई मेक्सिको डिपोर्ट गरिएका ती आप्रवासीलाई अमेरिकामा फिर्ता ल्याउन आदेश दिँदा ट्रम्प प्रशासनका अधिकारीहरूको दाबीको आलोचना गरेका थिए। किनभने ट्रम्प प्रशासनका अधिकारीहरूले उनलाई मेक्सिकोमा पठाउँदा डर नमानेको दाबी गरे पनि पछि उनीहरूले उनले त्यस्तो बयान दिएको कुनै पनि अधिकारीलाई पहिचान गर्न असमर्थ भएको स्वीकार गरेका थिए।

ट्रम्प प्रशासनले अप्रिलको एउटा आदेशको पनि उल्लङ्घन गरेको न्यायाधीश मर्फीले फेला पारेका थिए। उक्त आदेशले अधिकारीहरूलाई आप्रवासीहरूलाई तेस्रो देशमा देशनिकाला गर्नुअघि देशनिकालाको निर्णयको विरोध गर्न चाहेमा महत्त्वपूर्ण अवसर दिनुपर्ने व्यवस्था गरेको थियो।

मेक्सिको पठाइएका ती व्यक्तिलाई अमेरिका फिर्ता ल्याउने मुद्दा आप्रवासन वकिलहरूका लागि एक दुर्लभ विजय मानिएको छ। यद्यपि ती व्यक्तिको अन्तिममा के हुने हो भन्ने अनिश्चित भए पनि अहिलेका लागि उनले अमेरिका फर्कन पाउँदा कृतज्ञता व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com