१ हजार डलर शुल्क लिएर तत्काल भिजिटर भिसा अप्वाइन्टमेन्ट दिने ट्रम्प प्रशासनको योजना


प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार

अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमोअनुसार ट्रम्प प्रशासनले पर्यटक र अन्य गैर-आप्रवासी भिसा आवेदकहरूका लागि तत्काल अन्तर्वार्ताको समय लिन १ हजार डलर शुल्क लगाउने योजनाबारे विचार गरिरहेको छ। तर, सरकारी वकिलहरूले यो योजनामा कानुनी समस्याहरू औँल्याएका छन्।

पर्यटक र अन्य गैर-आप्रवासी भिसामा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूले हाल १८५ डलर प्रशोधन शुल्क तिर्छन्। अमेरिकाले विचार गरिरहेको १ हजार डलर शुल्कको विकल्प ‘प्रीमियम सेवा’ भएको जनाइएको छ। उक्त शुल्क तिरेपछि तुरुन्तै भिसा अन्तर्वार्ता प्राप्त गर्न सकिनेछ।

मेमोअनुसार यो कार्यक्रम डिसेम्बरमा परीक्षणका रूपमा सुरु हुन सक्छ। भिसा अन्तर्वार्ताका लागि प्रस्तावित शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पको ५ मिलियन डलरको ‘गोल्ड कार्ड’ को दृष्टिकोणसँगै आएको छ।

तर, परराष्ट्र मन्त्रालयको कानुनी टोलीले यो योजना ह्वाइट हाउसको बजेट कार्यालयले अस्वीकार गर्न वा अमेरिकी अदालतहरूमा खारेज हुने “उच्च जोखिम” रहेको मेमोमा उल्लेख गरेको छ। सेवाको लागतभन्दा माथि शुल्क निर्धारण गर्नु “सर्वोच्च अदालतको स्थापित नजिरको विपरीत” हुने मेमोमा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२४ मा २४ हजार ३ सय ९ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । ४८ हजार १ सय नेपालीले आर्थिक बर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा बाँकीको भिसा भने अस्वीकृत भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०२३ मा २९ हजार ७ सय २२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । आर्थिक बर्ष २०२२ मा झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय ४५ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् । २०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

आर्थिक बर्ष २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो । आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com