ट्रम्पसँग कुरा नमिलेपछि क्यानडाको युरोपेली रक्षा योजनामा सामेल हुने तयारी


प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले देशलाई रिआर्म युरोप नामक प्रमुख युरोपेली रक्षा योजनामा सामेल गराउने आशा व्यक्त गरेका छन्। कार्नीका अनुसार आगामी जुलाई १ तारिखभित्र यो योजनामा सामेल गराउने उद्देश्य रहेको छ।

कार्नीले युरोपको रक्षा खर्च बढाउने यस योजनामा क्यानडाको सहभागिता अमेरिकामाथिको निर्भरता घटाउने प्रयासका रूपमा भएको बताए। “क्यानडाको रक्षा पुँजी खर्चको ७५ प्रतिशत हिस्सा अमेरिका जानु सामान्य कुरा होइन,” उनले भने।

उनका टिप्पणीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि देखिएको द्विपक्षीय तनावको बीचमा आएका हुन्। यद्यपि कार्नीले यसअघि ट्रम्पद्वारा प्रस्तावित मिसाइल रक्षा परियोजनामा सामेल हुनेबारे पनि सकारात्मक सङ्केत दिएका थिए।

कार्नीको भनाइपछि रक्षामन्त्री डेभिड म्याकगिन्टीले सैन्य व्यापार मेलामा बोल्दै क्यानडाले विश्वव्यापी खतराको सामना गर्न रक्षा क्षमता छिटो बढाउन चाहेको बताएका छन्। उनले युक्रेनमा रुसको युद्ध र चीनको आक्रामक गतिविधिलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याकगिन्टीले आर्कटिक क्षेत्रमा केन्द्रित भएर काम गरिने र त्यहाँ अन्य राष्ट्रहरूले क्यानडाको सार्वभौमिकतामा चुनौती दिइरहेका बताएका छन्।

नेटोका महासचिव मार्क रुट्टेले सोमबार अमेरिकामा आयोजित फोरममा बोल्दै सदस्य राष्ट्रहरूले वार्षिक रक्षा खर्चलाई जीडीपीको ५ प्रतिशतसम्म बढाउने अपेक्षा गरिएको बताए। यसअघि नेटोको लक्ष्य जीडीपीको २ प्रतिशत रहेको थियो।

रुस, चीन, उत्तर कोरिया र इरानसँग मिलेको भन्दै उनले सैन्य क्षमता विस्तार गरेर उनीहरूले दीर्घकालीन द्वन्द्वको तयारी गरिरहेको उनको दाबी रहेको छ।

क्यानडाले विगतदेखि नै नेटोको लक्ष्य पूरा गर्न नसकेको आरोप खेप्दै आएको छ। अमेरिकी हाउस स्पिकर माइक जोनसनले क्यानडामाथि अमेरिकाको काख च्यापेर बस्ने गरेको आरोप लगाएका थिए।

क्यानडाका व्यापारी नेताहरूले पनि सरकारलाई घरेलु रक्षा उद्योगमा लगानी बढाउन आह्वान गरेका छन्, जसले अर्थतन्त्रलाई पनि सहयोग पुर्‍याउने उनीहरूको भनाइ छ।

गत हप्ता कार्नीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग गोल्डेन डोम मिसाइल रक्षा प्रणालीबारे उच्चस्तरीय वार्ता भइरहेको बताएका थिए। सिंहासन भाषणमा पनि अमेरिकासँग सुरक्षा र व्यापारसम्बन्धी छलफल जारी राख्ने उल्लेख गरिएको थियो।

मंगलबार साँझ ट्रम्पले उक्त मिसाइल रक्षा प्रणालीमा क्यानडाले अलग राष्ट्र भएर सामेल हुँदा ६१ अर्ब अमेरिकी डलर खर्च लाग्ने बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com