अमेरिकामा दूतावासका कर्मचारीको हत्या भएपछि इजरायली प्रधानमन्त्रीद्वारा बेलायत,फ्रान्स र क्यानडाको आलोचना


प्रकाशित मिति : जेष्ठ ९, २०८२ शुक्रबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायती प्रधानमन्त्री कीर स्टारमर, फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको तीव्र आलोचना गरेका छन । उनले यी नेताहरूले हमासलाई सत्तामा राख्न चाहन्छन् भन्ने सम्मको आरोप लगाए।

नेतान्याहुले ती नेताहरूलाई ‘हत्यारा, बलात्कारी, शिशु हत्यारा र अपहरणकारी’को पक्षमा उभिएको भन्दै आरोप लगाए। उनले यो टिप्पणी वाशिङ्टनस्थित इजरायली दूतावासका कर्मचारीहरूमाथि भएको घातक आक्रमणपछि गरेका हुन्।

केही दिनअगाडि बेलायत, फ्रान्स र क्यानडाले गाजामा इजरायलको सैन्य कारबाहीलाई “अत्यधिक” भनी आलोचना गरेका थिए । त्यहाँको मानवीय अवस्था “असहनीय” भएको उनीहरुले बताएका थिए।

वाशिङ्टनमा क्यापिटल यहूदी संग्रहालयद्वारा आयोजित कार्यक्रममा भएको आक्रमणमा इजरायली दूतावासका कर्मचारी यारोन लिस्चिन्स्की र सारा लिन मिलग्रीम मारिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिसका अनुसार शिकागो निवासी शङ्कास्पद व्यक्ति एलियास रोड्रिग्वेज पक्राउ पर्दा “फ्री प्यालेस्टाइन” भन्दै चिच्याइरहेका थिए। शङ्कास्पदको सामाजिक सञ्जाल खाता अनुसार उनी प्यालेस्टिनी पक्षको समर्थनमा भइरहने विरोध आन्दोलनमा संलग्न थिए।

अनुसन्धानकर्ताहरूले उनका अनलाइन लेखहरू अध्ययन गरिरहेका छन्, जसमा गाजामा इजरायलले “जनसंहार” गरेको र अमेरिकी नीतिको आलोचना गरिएको छ।

नेतान्याहुले भने, “जब हत्यारा, बलात्कारी, शिशु हत्यारा र अपहरणकारीहरू तपाईंलाई धन्यवाद दिन्छन्, तब तपाईं न्यायको गलत पक्षमा हुनुहुन्छ। तपाईं इतिहासको गलत पक्षमा हुनुहुन्छ।”

बिहीबार गाजामा ९० भन्दा बढी सहायता लोड भएका ट्रकहरू प्रवेश गरेका थिए । तर संयुक्त राष्ट्रसंघले भनेको छ कि यो संख्याले गाजावासीहरूको आवश्यकता पुरा गर्न पर्याप्त छैन।

११ हप्तासम्मको पूर्ण नाकाबन्दीपछि इजरायले मार्चदेखि हवाई आक्रमण पुनः सुरु गरेको छ । जसमा हालसम्म हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१३ प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।

गाजामा कुपोषण र भोकमरीका कारण मृत्युको जोखिममा परेका मानिसहरूको विवरणसमेत सार्वजनिक गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com